गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । पोखरा महानगरपालिका १६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन् ।
स्याङ्जा पुतलीबजार ३ का ७६ बर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका ९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत छन् ।

लमजुङको सुन्दरबजार ९ का १६ जना पुरुष नेपाल आर्मीमा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




