कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ।

उनमा मंगलबार कोरोना पुष्टि भएको हो । ुआज गरिएको परीक्षणका क्रममा मलाई कोरोना संक्रमण पुष्टि भएको छ। हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन,ु उनले भनेका छन्।

उनी होम आइसोलेसनमा बसेका छन् ।