गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
नवलपरासीको गैडाकोट २ का ३७ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा हेपाटाइटिस र मृगौलाका बिरामीसमेत थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बिहीबार साँझ अर्का संक्रमितको मृत्यु भएको छ ।

पोखरा ६ का ३७ वर्षीय पुरुषको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो । संक्रामक तथा सरुवा रोग अस्पतालबाट उनलाई आजै बिहान पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।




