पोखरा महानगरमा एकै पटक २९ संक्रमित फेला परेका छन् । पोखरा १२ मा ८ जना र पोखरा १० मा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ । तनहुँमा २ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३१ संक्रमित थपिएका हुन् ।

संक्रमितहरु सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।




