धनुषामा महिलाले एकै पटकमा चार शिशु जन्माएकी छिन् । शिशु जन्मिएपछि महिलाको भने मृत्यु भएको छ ।
विदेह नगरपालिका–७ जोगियाराकी अमिरुल खातुनले जनकपुरधामको काब्या अस्पतालमा मंगलबार राति शल्यक्रियामार्फत बच्चा जन्माएकी थिइन् । उनको आइसियुमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको उनको स्वाब परीक्षणका लागि पठाइएको छ । अहिले चारै बच्चालाई एनआईसीयूमा राखिएको छ ।




