गण्डकी प्रदेशमा पछिल्लो अपडेटअनुसार ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफ नर्स संक्रमित भएकी छिन् । २६ वर्षीया उनी तनहुँ जिल्ला, सुक्लागण्डकी १ की बासिन्दा हुन् ।
यस्तै, पोखरा महानगरपालिका १७ का २० प्रहरीलाई संक्रमण पुष्टि भएको छ । उनीहरु डेमसाइडमा रहेको गण्डकी प्रदेश प्रहरी गणमा कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालय गण्डकीले जनाएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको छ ।

लमजुङ जिल्ला, सुन्दरबजारका २ का ५० बर्षीय पुरुष ओमानबाट आएका हुन् भने सुन्दरबजार(९ का ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक हुन् । अरु संक्रमित भने खोजपड्तालबाट पत्ता लागेका हुन् ।




