पोखरा ११ को साई अर्चना अस्पतालमा कार्यरत एक सुरक्षा गार्डलाई बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ ।
४६ वर्षीय ती पुरुषलाई सुरुमा टाइफाइड भएको थियो । ज्वरो आउन थालेपछि पछिल्लो ५ दिनदेखि उनी अस्पताल नआएको अस्पतालकी डाक्टर अर्चना इन्दु पुनले जानकारी दिइन् ।
बेला बेलामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब जाँच गरिहेको जानकारी दिँदै उनले सरकारले निर्देशन गरेका सुरक्षा मापदण्डहरु लागू गरिएको बताइन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार बिहानमात्रै कस्कीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४६ पुगेको हो।




