पोखरा महानगरमा फेरि ११ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तेस्रो अपडेटमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारै पोखरामा कोरोनाबाट १ जनाको मृत्यु र थप ५ जनामा संक्रमण पुष्टि भइसकेको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३६ पुगेको छ ।
पोखरा २ संक्रमित कामना बिकाश बैंक, दीप शाखामा कार्यरत छन् भने वडा नं. ३ का संक्रमित एभरेस्ट बैंक, अमरसिंह चोक शाखाका कर्मचारी हुन् ।

पोखरा १४ का ३५ बर्षीय संक्रमित ईन्जिनियरिंग कन्सल्टेन्सीमा कार्यरत छन् भने पोखरा १ का संक्रमित मोबाईल पसलका संचालक हुन् । पोखरा महानगरपालिका ५ का संक्रमित पोखरा औधोगिक क्षेत्रमा कार्यरत छन् । बाँकी संक्रमित अरु संक्रमितबाट खोजपड्तालका क्रममा फेला परेका हुन् ।




