पोखरा महानगरमा फेरि अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा उपचारका क्रममा शनिबार निधन भएको हो ।

प्रतिष्ठानमा मृत्यु हुने उनी सातौं कोरोना संक्रमित हुन् । भदौ ७ गते शल्यक्रिया गरिएका ती पुरुषमा १० गते कोभिड १९ पुष्टि भएको थियो ।




