सचेतनासहित पोखरा १५ का स्कुल सेनिटरी प्याड युक्त

पाेखरामा यतिवेला सेनेटरी प्याडयुक्त विद्यालय घाेषणा भैरहेको छ । पाेखरा महानगपालिका वडा नं १५ वुधवार सेनेटरी प्याड युक्त घाेषणा भएकाे छ ।

कार्यक्रममा वडा अध्यक्ष प्रकाश पाैडेलले एक हप्तादेखी वडा भित्रका विद्यालयमा सफा पिउने पानी ,सफा शाैचालय, शाैचालयमा सेनेटरी प्याड,सावुन व्यवस्थापन वारे अनुगमन सकेर घाेषणा गरिएकाे हाे । वडा कार्यलय तथा शिक्षा समितिकाे अायाेजना तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा उक्त कार्यक्रम अायाेजना गरिएकाे हाे ।  

विद्यालयलाइ सेनेटरी प्याड हस्तान्तरण गर्दै सम्पूर्ण विद्यालय वालिका मैत्री वनाउन अनुराेध गरे । उनले वडा भित्रका विद्यालयलाइ सेनेटरी प्याड व्यवस्थापन संगै सफा खानेपानी र शाैचालयमा जाेड दिनुपर्ने अावश्यकता संगै राम्रो व्यवस्थापन गर्ने विद्यालयलाइ वार्षिक रुपमा सम्मान गरिने प्रतिवद्वता समेत जनाए ।

सामाजिक अभियन्ता पत्रकार तथा अधिवक्ता सुष्मा पाैडेलले अभियानका वारेमा जानकारी दिदै सहभागी विद्यालय, विद्यार्थी र अायाेजकलाइ व्यवहारमा उतार्न प्रतिवद्वता जनाउन जनाउन लगाएकी थिइन् ।

वडा तथा न्यायिक समिति सदस्य पार्वति कार्कीकाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य मन्दिरा परियार तथा शिक्षा समिति सदस्य शिवप्रसाद भण्डारीले सञ्चालन गरेका थिए । वडा सदस्य तथा समन्वय समिति सदस्य ताेरण वानिया रुक वहादुर गुरुङ लगायत शिक्षा समिति विद्यालय सञ्चालक समिति , शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेकाे कार्यक्रममा सामुदायिक वाट शिक्षक राजेद्र गिरी र निजी विद्यालयका तर्फबाट भावना थापाले वाेले ।