लक्ष्मी आदर्श सेनेटरी प्याडयुक्त 

पोखरा महानगरपालिका २७ को लक्ष्मी आदर्श बहुमुखी क्याम्पसलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ ।

नवआगन्तुक विद्यार्थीको सम्मानमा मंगलबार भएको कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानको पहल र पोखरा महानगरपालिकाको सहयोगमा यस्तो घोषाणा गरिएको हो । विद्यार्थी कल्याणकारी समिति अध्यक्ष प्रतिमा अधिकारीलाई सेनेटरी प्याड हस्तान्त्रण गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङले महिला स्वास्थ्यका लागि सबै सजक हुनुपर्नेमा जोड दिए ।अब छिट्टै वडाका सबै स्कुललाई पनि सेनेटरी प्याड युक्त बनाउने प्रतिवद्धता उनले जनाए ।

सामाजिक अभियन्ता सुष्मा पौडेलले अभियानलाई सफल पार्न सबैको साथ सहयोग आवश्यक भएको विचार राखिन् । छात्राको पढाइलाई ध्यानमा राख्दै निःशुल्क रुपमा शौचालयमा प्याडको व्यवस्था, सफा शौचालय र शुद्ध खानेपानीको उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष बाबुराम जमकट्टेलले विद्यार्थीको पढाइको साथमा सरसफाइ र स्वास्थ्यका बारेमा पनि सहज हुनु जरुरी रहेको बताए । कार्यक्रममा क्याम्पस प्रमुख रामजी लामिछाने, प्राधानाध्पाक नवराज अधिकारी, विद्यार्थी गौरव सुवेदी लगायतले बोलेका थिए ।