‘स्टार्ट १८ स्टार्स टिम’ले रक्तदान गरी जन्मदिन मनाउने अभियान थालेको छ । टिमले १७ पूरा भएर १८ वर्ष लागेका युवायुवतीलाई आफ्नो जन्मदिनमा रक्तदान गर्न प्रेरित गरेको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको भातृ संगठनको रुपमा गठित टिमले रगत अभाव हुन नदिने अभियानमा जुट्दै आएको टिमका अध्यक्ष हिमाल भट्टराईले जानकारी दिए ।
रक्तदानको बारेमा जनचेतना जगाउने गतिविधि गरिने महासचिव अकृजा पोखरेल बताइन् । उनले सडक नाटक, प्रशिक्षण र अन्य कार्यक्रम मार्फत अभियानलाई अगाडि बढाइने बताइन् ।
हालै गठन भएको ‘स्टार्ट १८ स्टार्स टिम’ कास्कीको पदस्थापन पनि भएको छ । पदस्थापन सभामा वडा प्रहरी कार्यालय वैदामका प्रमुख अनिल कार्की, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थी, क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख धु्रवमणि लामिछाने, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका कोषाध्यक्ष उदय भट्टराई, लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष जितेन्द्रमान शाक्य, दाह«ीग्याङ पोखराका संयोजक वसन्त पहारी, स्टार्ट १८ स्टार्स बुटवलका अध्यक्ष युवराज बञ्जाडे लगायतले नयाँ समितिलाई शुभकामना दिए ।