डा. केसीको गएरातिदेखि रक्तचाप कम हुँदै

१६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीका गएरातिदेखि रक्तचाप कम हुँदै गएको छ ।

शरिरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले जाँचेका थिए । चिकित्सकहरुले उनको शरिरमा चिनीको मात्रा घटेको शंका गरेका छन् । तर, डा. केसीले चिनी परीक्षण गर्न मानेका छन् ।

डा. केसी इलामको फूलगाछीमा १६ औं सत्याग्रहमा बसेको आज तेस्रो दिन हो । अहिले ९ बजे इलाम जिल्ला अस्पतालका चिकित्सकले पुनः डा. केसीको स्वास्थ्य जाँच गर्ने उनका सहयोगी इलामका पुराना पत्रकार धर्म गौतमले बताए ।