स्वास्थ्य

बागलुङमा औषधि किन्न अक्षयकोष स्थापना

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै रु १२ लाख सङ्कलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्न र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि एकाइले सहयोग अभियान सञ्चालन गरेको छ । गत असोजमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने गरी अक्षयकोष स्थापना गर्न लागेको हो । लोपोन्मुख अवस्थामा पुगेको स्थानीय सोरठी… पुरा पढौ

देशभर झण्डै ४९ हजार नर्स बेरोजगार

देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । पुरा पढौ

चीनमा हिमपात, सात लाख २०हजारको जनजिवन प्रभावित

चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले जानकारी दिए अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्या समेत देखा परेको छ । हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत… पुरा पढौ

मेडिकल कलेजहरुलाई १० वर्षभित्र ‘गैरनाफामूलक’ बनाइने

 राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरू सहमत भएका छन् । निजीकरण र बेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा सरकारले लिनुपर्नेमा सांसदहरूको एकमत छ । उपसमितिको बुधबारको बैठकमा उनीहरूले मेडिकल शिक्षा नाफामुक्त बनाउन सरकार तयार हुनुपर्ने धारणा राखेका छन् । विधेयक उपसमितिमा अन्तिम छलफलको क्रममा रहेको छ ।… पुरा पढौ

रुखले किच्दा एकको मृत्यु

भोजपुरको षडानन्द नगरपालिका–४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख अमतलाल माझीले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि सुङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पठाएको माझीको भनाइ छ । (रासस) पुरा पढौ

नयाँ वर्ष समारोहमा गोली चल्दा छ जनाको मृत्यु

थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली लागेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यमाथि निरन्तर रुपमा गोली वर्र्र्षाएका थिए ।… पुरा पढौ

पहिरोमा ४१ जना बेपत्ता

इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् । सिनारेस्मी गाउँका ३४ वटा घर पूर्णरुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीले मंगलबार बताएका छन् । उद्धारकर्ताले बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाइएको छ । “बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताले लगातार खोजी गरिरहेका छन्,” एक अधिकारीले भने । उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकालाई खोज्नेकार्य भइरहेको उनीहरुको भनाइ छ । पुरा पढौ

३ तेल ज्यानमारा रहेको प्रमाणित, क्यान्सर हुन सक्ने पुष्टी

दैनिक तरकारी वा अन्य खाद्य वस्तुमा प्रयोग गरिरहेका खाने तेल नै ज्यानमारा अर्थात अखाद्य रहेको प्रमाणित भएको छ । केही दिन अगाडी मात्र खाद्य प्रविधि तथा गुण नियत्रण विभागले तेलको नमुना परिक्षण गर्दा बेन्जन, फेमेली र सनफ्लो तेल अखाद्य रहेको प्रमाणित भएको जनाएको छ । विभागले बेन्जन , शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्रान्डको सनफ्लो, धारा ब्रन्ड, धारा हेल्थ, सिजिको सेफब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाहरु… पुरा पढौ

२६वर्षीया पदिकी शेर्पाको हत्या, एक पक्राउ

 सप्तरीमा हराइरहेकी एक महिला हत्या गरिएको अवस्थामा फेला परेकी छन् ।सप्तरीको सप्तकोशी नगरपालिका–१० की २६ वर्षीया पदिकी शेर्पाको शव फेला परेको हो । हत्या आरोपमा प्रहरीले त्यही ठाउँका ३७ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय रमेश श्रेष्ठकी श्रीमती शेर्पा यही पुस १२ गते बिहान २ बजे घरबाटै एकाएक बेपत्ता भएकी… पुरा पढौ

जाडो मौसम र दम रोग

दम एउटा पिडादायी रोग हो । के केटाकेटी के बुढाबुढी कसैलाई पनि ग्रसित पार्न सक्ने यो विरामीको सख्या दिन प्रतिदिन बढीरहेको छ । आधुनिक युगको उपचार पद्धतिको समयमा पनि रोगीको सख्या बढेर जानु पक्कै पनि राम्रो होइन । तर यर्थाथ यस्तै छ, रोगीको संख्या बढेको बढेकै छ । आखिर दम रोग के हो ? र कस्तो अवस्थामा लाग्छ त? र जाडो याममा किन यसले धेरै च्याप्छ । यस बारे चर्चा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं