
दैनिक तरकारी वा अन्य खाद्य वस्तुमा प्रयोग गरिरहेका खाने तेल नै ज्यानमारा अर्थात अखाद्य रहेको प्रमाणित भएको छ ।
केही दिन अगाडी मात्र खाद्य प्रविधि तथा गुण नियत्रण विभागले तेलको नमुना परिक्षण गर्दा बेन्जन, फेमेली र सनफ्लो तेल अखाद्य रहेको प्रमाणित भएको जनाएको छ ।
विभागले बेन्जन , शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्रान्डको सनफ्लो, धारा ब्रन्ड, धारा हेल्थ, सिजिको सेफब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाहरु संकलन गरी जाँच गरेकोमा बेन्जन,फेमली र सनफ्लो तेल मापदन्ड विपरित भेटिएको छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एव्म प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार ९ तेल परिक्षण गर्दा ३ तेल अखाद्य भेटिएको हो ।उनका अनुसार फेला परेका तीन वटा ब्रान्डको तेलमा एसिड भ्यालु ०.५ प्रतिशत भन्दा बढी भेटिएको थियो ।
एसिड भ्यालु बढीहुँदा अपचको समस्या हुने, छालामा समस्या देखिने, पाचन प्रक्रियामा समस्या देखिने र अन्तत क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् ।
ऐन अनुसार कमसल अखाद्य बस्तु बिक्री हुँदा सुरुवातमा एक हजार रुपैयाँ मात्र जरिवाना छ ।
पटकपटक गरे १० हजार रुपैयाँसम्म मात्र जरिवाना हुने प्रवाधान छ ।
यसरी जनस्वास्थ्य माथि नै खेलबाड हुने गरी तेल बेच्दा पनि यस्तो अखाद्य बस्तु बेच्नेलाई कारबाहि भने निकै फितलो हुने गरेको छ ।
यस्ता अखाद्य बस्तुले मानिसलाई क्यान्सर देखि अन्य घातक रोगहरु लाग्न सक्ने चिकित्सकहरुको दावी रहेको छ ।