स्वास्थ्य

५ बर्षीया बालिका बलात्कृत

देशमा पछिल्लो समय बढिरहेको बलात्कारको घटनामा बालबालिकाहरु सबैभन्दा धेरै पीडित बनिरहेका छन् । यसबीचमा वीरगन्ज पर्सामा एक ५ बर्षीय बालिका बलात्कृत भएकी छिन् । आइतबार अपरान्ह घरमा कोही नभएको र आमा घरभित्रै काममा व्यस्त रहेका बेला आँगनमा खेल्दै गरेकी बालिकालाई २२ वर्षीय एक युवकले बलात्कार गरेका हुन् । उनले बालिकालाई चक्लेट खान दिने प्रलोभन देखाउँदै आफ्नो घर लगेर बलात्कार गरेका हुन्। बलात्कारपछि बालिकाले आफ्नी आमालाई यौनाङ दुखेको भन्दै घटनाका बारेमा… पुरा पढौ

स्वास्थ्यका लागि पुदिनाका फाईदाहरु

कतिपए तपाई हामीलाई थाहा नहुन पनि सक्छ पुदीनाका बारेमा । सामान्यतया हामी यसलाई अचारको रुपमा मात्रै प्रयोग गर्ने गर्छौ । यसलाई गाउघरमा पतेना पनि भन्ने गर्दछ । आज हामी त्यही पतेनाको फाईदाहरुको बारेमा केहि जानकारी दिन गईरहेका छौं । जो आयुर्बेदको हिसावले पनि मानव स्वास्थ्यमा यसको अत्यन्तै महत्व छ । त्यसैले हामी आज तपाईहरु लाई पुदिनाका फाईदाहरुका बारेमा जानकारी गराउन गईरहेका छौं । – यदि तपाईको टाउको दुखेको छ भने… पुरा पढौ

गुडिरहेको मोटरसाइकलबाट खसेर मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डको म्याग्दे गाउँपालिका २ गुणादीमा शनिबार राति मोटरसाइकलबाट खसेर एक युवतीको मृत्यु भएको छ । रिसिङ गाउँपालिका ७ की १८ वर्षीया प्रमिशा मगरको यसरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग११प ५५०२ नम्बरको मोटरसाइकलमा सवार मगर एक्कासि मोटरसाइकलबाट खसेर घाइते भएकी थिइन् । उपचारको लागि पोखरा लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी… पुरा पढौ

कहाँ पाइन्छ कालो स्याउ ?

अंगुर हरियो पनि हुन्छ र कालो पनि हुन्छ । तर कहिल्यै तपाइँले कालो स्याउ देख्नुभएको छ ? हामी सबैले रातो स्याउ त खाएका छाैं तर कालो स्याउको बारे धेरैलाई थाहा नहुन पनि सक्छ । वास्तवमा कालो स्याउ पूरै कालो नभई गाढा बैजनी रङको हुन्छ । पहिलोपटक हेर्ने मानिसले भने यसलाई कालो नै देख्छन् । यस किसिमको स्याउ निकै दुर्लभ हुन्छ र निकै कम मात्र पाइन्छ । यसलाई ब्ल्याक डाइमण्ड भनिन्छ ।… पुरा पढौ

पोखरा ८ का स्कुल सेनेटरी प्याड युक्त

विद्यालयमा सेनेटरी प्याड नहुँदा छात्राहरुले समस्या भोग्नु परेको र विद्यालय समेत छाडने अवस्था सृजना हुने गरेको भन्दै पोखरा महानगर भित्रका शैक्षिक संस्थाहरुलाई सेनेटरी प्याडयुक्त बनाउने अभियान सञ्चालन गरिएको थियो । रजस्वला महिलामा हुने प्राकृतिक अवस्था भएकाले विद्यालय गएका छात्राले प्याड नहुने र आफ्नो समस्या बताउन अप्ठेरो मान्ने भएकाले विद्यालय छाडेर हिँड्ने गरेका धेरै उदाहरण छन् । अब विद्यालय गएका छात्राहरुलाई विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराइने भएको छ । पोखरा ८… पुरा पढौ

घुँडाको जोर्नी फेर्न मिल्छ, सबै समस्याको समाधान छ

ललितपुरको भैंसेपाटी, सैन्बुमा नेपाल मेडिसिटी अस्पताल नेपालमै सबै उपचार सम्भव गर्ने लक्ष्यका साथ स्थापना भएको हो । डा. उपेन्द्र महतोको ड्रिम प्रोजेक्ट यो अस्पताल अहिले बिरामीसम्म अस्पताल नै जानुपर्छ भन्ने उद्घोषका साथ क्रियाशील छ । भविष्यमा मेडिकल कलेजसमेत स्थापन गर्ने सोचका साथ स्थापित यो अस्पतालमा अहिले ३ सय ५० बेड छन् । २०१९ भित्र ७ सय ५० बेड सञ्चालन गर्ने अस्पतालको तयारी छ । मेडिसिटीले पूर्वदेखि पश्चिम नेपालका मुख्य सहरमा… पुरा पढौ

कादर खानको अवस्था नाजुक

बलिउड फिल्म इतिहासमा कमेडी विधामा आफुलाई अब्बल रुपमा प्रस्तुत गरेका चर्चित कलाकार कादर खान अस्पतालमा भर्ना भएका छन् । लामो समयदेखि रोगसंग लडिरहेका राम्रोसंग हिड्न पनि सक्दैनथे । पछिल्लो पटक स्वास्थ्य गम्भिर बनेपछि उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधि समेत प्रभावित भएको उनको छोरा सरफराज खानले बताएका छन् । पछिल्लो समय लामो समयदेखि क्यानडामा परिवार सहित बस्दै आएका कादर डाक्टरको… पुरा पढौ

१८ छोराछोरी भएको बस्तीमा २ सन्तानको रहर

कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखा परिन् । उनको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुगेकी हुन् । “धेरै बच्चा जन्माएर के गर्नु, कमाई राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ”, उनले भनिन्, “दुई सन्तान, ईश्वरका… पुरा पढौ

हजार जनाको आँखा जाँच

लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीले बिहिवार पोखराको बाल मन्दिर मावि नदिपुरमा आयोजना गरेको निशुल्क आँखा जाँच कार्यक्रममा १ हजार ८९ जनाको आँखा जाँच गरिएको छ । आँखा जाच गरिएका मध्ये तीन जना जटिल अवस्थाका बिरामी, १७ जना तुरुन्तै औषधी प्रयोग गर्नूपर्ने र ६७ जना चस्मा लगाउनु पर्ने बिरामी पत्ता लागेको कार्यक्रम संयोजक डिआर पोखरेलले जनाए । आँखाका विरामी भएका विद्यार्थीलाई गर्नुपर्ने सम्पूर्ण उपचारसहित चश्मासमेत लायन्स क्लबले प्रदान गर्ने अध्यक्ष… पुरा पढौ

घुँडा रोगीलाई मेडिसिटीको सञ्जीवनी

घरलाई पिल्लरले थामेझैं शरीरलाई खुट्टाले थामेको हुन्छ । मान्छेको पिल्लर खुट्टाको घुँडामा समस्या आए पूरै घर अर्थात शरीर नै करिब बोझ बन्छ । नेपालमा घुँडाको समस्याबाट लाखौं पीडित छन् । धेरैलाई नेपालमै उपचार हुन्छ भन्ने थाहा छैन । कति खर्चमा कहाँ, कसरी उपचार सम्भव छ भन्ने त अझ कमलाई थाहा छ । यस्तो समस्याबाट पीडितका लागि सबै उपचार नेपालमै सम्भव गराउने उद्देश्यले स्थापित नेपाल मेडिसिटी अस्पतालले अभियान चलाइरहेको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं