ललितपुरको भैंसेपाटी, सैन्बुमा नेपाल मेडिसिटी अस्पताल नेपालमै सबै उपचार सम्भव गर्ने लक्ष्यका साथ स्थापना भएको हो । डा. उपेन्द्र महतोको ड्रिम प्रोजेक्ट यो अस्पताल अहिले बिरामीसम्म अस्पताल नै जानुपर्छ भन्ने उद्घोषका साथ क्रियाशील छ । भविष्यमा मेडिकल कलेजसमेत स्थापन गर्ने सोचका साथ स्थापित यो अस्पतालमा अहिले ३ सय ५० बेड छन् । २०१९ भित्र ७ सय ५० बेड सञ्चालन गर्ने अस्पतालको तयारी छ । मेडिसिटीले पूर्वदेखि पश्चिम नेपालका मुख्य सहरमा घुँडासम्बन्धी समस्या र जोर्नी प्रत्यारोपण परामर्श यात्रा २०७५ गरिरहेको छ । यसअघि ६ सहरमा यो यात्रा गरिसकेको अस्पतालले शनिबार पोखरामा यो यात्रा आयोजना गरेको छ । शिविरमा सहभागी अस्पतालका अर्थाेपेडिक सर्जरी विभाग प्रमुख एवं प्रमुख कन्सल्टेन्ट प्राडा शिशिर लाखेसँगको कुराकानी
मानिसको शरीरमा घुँडाको के भूमिका हुन्छ ?
घुँडाको जोर्नी तीघ्राको हड्डी, नलीखुट्टाको हड्डी र पाङ्गो मिलेर बनेको हुन्छ । यो जोर्नीमा चोट लाग्न सक्छ । चोट लाग्दाखेरी जोर्नीलाई ठीक ठाउँमा राख्ने नासाहरु चुडिन्छन् । अथवा जुन २ हड्डीको बीचमा कुरकुरे हाड हुन्छ, त्यो च्यातिन्छ । त्यसलाई मिनिस्कस भनिन्छ । त्यो च्यातिएपछि हुने दुखाई, असन्तुलन र घुँडा अड्कने जुन समस्या हुन्छ, त्यसको उपचार हामी दूरबिन प्रविधिबाट गर्छाैं ।
अर्काे किसिमको कमन समस्या भनेको आथराइटिसकै समस्या हो । कुन स्टेजमा आथराइटिस छ, त्यो अनुसार उपचार फरक फरक हुन्छ । जोर्नी प्रत्यारोपण भनेको त अन्तिम चरणमा गर्ने उपचार हो । सुरुकै अवस्थामा विभिन्न मोडालिटीका फिजियोथेरापी र औषधीबाट उपचार गरिन्छ । यसले समस्या पार नलागे घुँडामा सूई लगाउनुपर्ने, पट्टी लगाउनुपर्ने हुन सक्छ । यसले पनि समस्या पार नलागे अप्रेसन गर्ने हो ।
कतिपयलाई कृत्रिम घुँडा प्रत्यारोपण हुन्छ भन्ने जानकारी छैन । भइहाले पनि कहाँ, कसरी, कति पैसामा हुन्छ भन्ने थाहा छैन ।
घुँडाका समस्या आउनुका कारणचाहिँ के के हुन् ?
घुँडाको मुख्य समस्या त आथराइटिस नै हो नि । आथराइटिसमा उमेर अनुसार सबैको जोर्नी बिग्रिदै जान्छ । प्रकृतिको नियम अनुसार बिग्रिदै जाने जुन समस्या छ, त्यसको विपरीत कोही पनि जान सक्दैन । उपचारबाट हामीले गर्न सक्ने भनेको त्यसको गति कम गर्ने हो । त्यसबाट उत्पदन्न हुने दुखाइ कम गर्न सकिन्छ । लापरवाही पूर्ण जीवनशैलीले पनि समस्यालाई थप जटिल बनाउँछ । मोटो मान्छेमा त्यो समस्या बढी नै देखिन्छ । मोटो हुनासाथ जोर्नीमा बढी लोड पर्छ । लोड बढी भएपछि खिइने प्रक्रिया बढी हुन्छ । अरु किसिमका बिमारी मधुमेह, बाथ वा चोटपटककै कारणले आथराइटिस हुन सक्छ । बढी तौल, भारी बोक्नेहरुमा पनि यो समस्या आउन सक्छ ।
घुँडा प्रत्यारोपणचाहिँ कसरी गरिन्छ ?
कतिपयलाई कृत्रिम घुँडा प्रत्यारोपण हुन्छ भन्ने जानकारी छैन । भइहाले पनि कहाँ, कसरी, कति पैसामा हुन्छ भन्ने थाहा छैन । प्रत्यारोपणमा तीघ्राको तल्लो भागलाई निकालेर त्यहाँ मेटल राखिन्छ । नली खुट्टाको जोर्नीको भाग पनि निकै बिग्रेको छ भने त्यसलाई पनि निकालिन्छ । यी दुइको बीचमा प्लास्टिक राखिन्छ ।
अहिले घुँडा प्रत्यारोपण सामान्य हुन लागेको छ । यसको सफलताको दर करिब ९५ प्रतिशत छ । यसका लागि अत्याधुनिक प्रविधि, पूर्वाधार र जनशक्ति चहिन्छ । विशेष गरी अप्रेसन थियटर विशेष खालको चाहिन्छ । त्यसमा इन्फेक्सन निकै कम हुन्छ । यो उच्च स्तरको शल्यक्रिया हो । यो सबै अस्पतालमा गर्ने खालको अप्रेसन होइन । युरो, अमेरिकामा प्रयोग हुने प्रविधि प्रयोग गर्छाैं । अप्रेसनका लागि ३ जना चिकित्सक चाहिन्छ । नर्सिङ त्यसबाट अलग नै भइगो ।
यो टुर खासमा के केन्द्रीत छ ?
हाम्रो यात्रा विशेषगरी घुँडाकै समस्यामा केन्द्रीत छ । घुँडा दुख्ने, घुँडामा चोट लागेर पिरोलेको र अरु कुनै घुँडाका समस्यालाई लिएर यो टुर आयोजना गरिएको हो । हामीले काठमाडौं, ललितपुर र भक्तपुरका करिब ६० जनाको शल्यक्रिया गरिसकेका छौं । यसको लाभ अरुलाई किन नदिने भन्ने लक्ष्य अभियान हो यो ।
यसमा शुल्कको कुरा पनि आउँछ । यो शुल्क देशको सबैभन्दा कम हो । अन्यत्र यसको साढे ४ देखि ५ लाखसम्म खर्च हुन्छ । हाम्रो ३ लाख ८० हजारको प्याकेजमा सबै शुल्क समाहित छ । एकचोटि तिरेपछि प्याकेजमा सबै आउँछ ।
यसमा शल्यक्रिया शुल्क, ७ दिनको सिंगल क्याबिन, गुणस्तरीय इम्प्लान्ट, भर्नापछिका सबै औषधि, ल्याबोरेटरी र रेडियोलोजी, फिजियोफेरापी, खाना, वाकर वा नि रोम ब्रेस लगायतका सेवा पर्छन् । घुँडा दुख्ने, घुँडा बांगिएका, उमेरका कारणले घुँडा खिइएका, बाथका कारणले घुँडाको समस्या, खेलकुदबाट भएको घुँडाको चोटपटक, जोर्नी खिइएको, जोर्नी च्यातिएको, नशा च्यापिएको, अन्य घुँडाका समस्या भएका बिरामीले शिविरबाट लाभ लिन सक्ने छन् ।
अप्रेसनपछिको जीवनमा कस्तो परिवर्तन आउँछ ?
अप्रेसनको नाम सुन्नसाथै बिरामी डराउछन् । अप्रेसनबाट दैनिक जीवनशैलीको गुणस्तर बढाउने हो । मान्छे ओच्यानमै दिनरात कटाउनुपर्दा, दिसापिसाब समेत गर्न नसक्दा बाच्नुको अर्थ करिब हुन्न । अप्रेसनपछि जीवनशैलीमा धेरै ठूलो सकारात्मक परिवर्तन आउँछ । पीडाबाट मुक्ति हुन्छ । अप्रेसनपछि अप्रेसन अघिको पीडा हराउँछ तर अप्रेसनको पीडा भने रहन्छ । अप्रेसनको पीडा पनि विस्तारै हराउँछ । यो हराउन ३ देखि ६ महिना लाग्छ । त्यसपछि थिजियोथेरापीको अहं भूमिका हुन्छ । वाकरमा ३ महिनाजति हिड्नुपर्छ । यो अवधिपछि नियमित औषधी सेवन गर्नुपर्दैन ।
के भए घुँडाको समस्या छ भन्ने ठान्नुपर्छ ?
पीडा भनेको नराम्रो कुरा हो । कतै पीडा छ भने साधारण उपचारबाट निको भएको छैन भने चिकित्सकको सल्लाह लिनै पर्छ । अर्काे समस्या भनेको घुँडा अड्किन्छ । घुँडाको चाल सिधा हुँदैन । कड्याक्क गरेर आवाज आउने अनि सन्तुलनमा आउने हुन्छ । यो अवस्थालाई लकिङ भनिन्छ । यस्तो भएको छ भने समस्या छ भन्ने ठान्नुपर्छ । सरसर्ती हेर्दा सबै देशमा मनिसको आयु बढ्नासाथ जोर्नी बिग्रनेको संख्या बढ्ने नै भयो । अब मानिस ८०, ८५ वर्ष बाच्न लागे । त्यही शरीरले, जोर्नीले लामो समय शरीर धान्नुप¥यो ।
नेपालीमा घुँडका कस्ता समस्या बढी देखिन्छन् ?
नेपालीमा आथराइटिसकै समस्या बढी छ । कोहीकोही बिरामी नसा र कुरकुरे हाड च्यातिएर आउँछन् । अरु कुनै बिरामी युरिक एसिडको समस्या पनि लिएर आउँछन् । जोर्नी खिइने, बाथ, युरिक एसिड, नसा र कुरकुरे हाड च्यातिने समस्या लिएर बिरामी आउँछन् ।
हाम्रो स्थानीय समुदायलाई सचेत गर्ने धेरै हदमा पूरा भयो भन्ने लाग्छ । अर्काे कुरा हामीले दिनुपर्ने विशेष सेवा थियो, बिरामीको आफ्नै सहरमा गएर दिने उद्देश्य पूरा भयो भन्ने लाग्छ । मान्छेलाई शल्यक्रियाको बारेमा गलत धारणा के छ भने निको हुँदैन, अप्रेसनपछि झन् गाह्रो हुन्छ भन्ने धारणा हामी चिर्दै आएका छौं ।