मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–६ राधाकृष्ण फुटबल चौर अगाडि पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल ठेलासँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना २४ प ५७६९ नं को मोटरसाइकल दुर्घटनामा सर्लाहीको घुर्कौली घर भएका ५२ वर्षका कुशहरी मैनालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मैनालीलाई घटनाहुने बित्तिकै गढीमाइ अस्पताल ल्याएपनि मृत्यु भएको थियो ।