ताजा समाचार

वैशाख २८ गते २०७६

उपशाखा १० द्वारा निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा निशुल्क आखाँ शिविर सम्पन्न भएको छ ।

“सेवानै धर्म हो“ भन्ने मुल नाराका साथ विश्व रेडक्रस दिबसको अबसरमा वडा नं १० भित्र रहेका जेष्ठ नागरिकहरूको आँखा परिक्षण गर्नुका साथै निशुल्क उपचार गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं(१० का वडा अध्यक्ष राज कुमार गुरुङ्गले उपशाखा १० ले गरेको यो मानविय कार्यले जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा टेवा पुगेको बताए । उनले वडाबासिहरूको लागी यहि रेडक्रस भबनमा नगर स्वास्थ्य क्लिनिक राखि वडाबासिहरूको लाई सेवा दिने बताउनु भयो ।

कार्यक्रममा वडा नं १० लगायत छिमेकी वडाका समेत ६५ बर्ष देखि ९९ बर्ष सम्मका करिब १ सय १० जना जेष्ठ नागरिक हरुले निशुल्क सेवा लिएका थिए । उक्त शिविरमा हिमालय हिमालय आँखा अस्पताल, फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. सृजनाचोकको बिशेष सहयोगमा सम्पन्न भएको हो ।