तनावबाट मुक्ति दिलाउने जडीबुटी चिन्नोस्

मानसिक तनाव बढेसँगै शरीरमा रक्तचापको मात्रा बढ्छ । तनाव समयमै व्यवस्थापन गरिएन भने यसले अर्को रोग निम्त्याउँछ । तनाव व्यवस्थापनका विभिन्न तरिका हुन्छन् । केही विधिबाट तनावले उत्पन्न प्रभावलाई न्यून गर्न सकिन्छ । तनाव न्यून गर्न वा यसबाट मुक्ति पाउन प्राकृतिक जडिबुटि वा बिरुवा पनि प्रभावकारी साबित भएका छन् ।

तुलसी  : तुलसी प्राचीन कालदेखि नै तनाव मेटाउने औषधिको रुपमा प्रयोग हँुदै आएको छ । यसले दिमाग शान्त बनाउछ । दिमागको कमजोरीबाट मुक्त गर्छ र मुडलाई आनन्द प्रदान गर्छ । एक गिलास पानीमा २ देखि ३ एमएल तुलसीको थोपा मिसाएर पिउँदा तनाव व्यवस्थापनमा धेरै सहयोग गर्छ । तुलसीलाई चियाको रुपमा वा पत्ता पनि खान सकिन्छ । दैनिक ८ देखि १० ओटा तुलसीको पात चपाउँदा तनाव न्यून हुन्छ ।

क्यामोमाईल : बाबरीसमेत भनिने यो जडिबुटि तनावबाट बँच्न निकै प्रभावकारी र महत्वपूर्ण मानिन्छ । यसलाई चियाको रुपमा पनि खान सकिन्छ । बाबरीको सुकेको फूलको धुलोलाई पिसेर खान सकिन्छ । दिनहुँ आधा चम्चा यसको धुलो एक गिलास तातो पानीमा मिसाएर पिउँदा तनावबाट मुक्ति दिलाउँछ । निदाउन नसक्ने मानिसका लागि यो निकै प्रभावकारी मानिन्छ । सुत्नुअगाडि दिनहुँ यो पानी पिउँदा गहिरो निद्रा लाग्छ ।

अश्वगन्धा : आर्युवेदमा तनाव अन्त्य गर्ने सबैभन्दा महत्वपूर्ण औषधिको रुपमा अश्वगन्धालाई मानिन्छ । यसले तनावबाट शान्त पार्ने, चिन्ता घटाउने र दिमागमा प्रतिरोधी क्षमता बढाउछ । यसलाई सुख्खा वा झोलको रुपमा प्रयोग गर्न सकिन्छ । दिनमा दुईदेखि तीनपटक अश्वगन्धा खाँदा यसले राम्रो परिणाम दिन्छ । तनावका अतिरिक्त यो पुरुष र महिला उर्वरतामा पनि प्रयोग हुन्छ ।

प्यासन फलावर : तनाव अन्त्य गर्न तथा गहिरो निद्राका लागि प्यासनको फूल पनि उत्तिकै प्रभावकारी हुन्छ । यसलाई चियाको रुपमा वा तातो पानीमा यसको फूलको धुलोलाई मिसाएर खान सकिन्छ । फूलबाट निस्कने रसलाई तपाईंले नुहाउने पानीमा मिसाउँदा दिमागलाई आराम मिल्नुका साथै फूर्तिलो पनि बनाउँछ ।

लाभेन्डरको फूल : हल्का निलो रंगको सुगन्धित र वासनायुक्त यो फूलले आनन्द र तनावबाट मुक्त गराउँछ । यसको सुख्खा पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई तेलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । शरीरमा छर्किने अत्तर पनि यो फूलबाट  बनाइन्छ । तेलको रुपमा यसलाई घस्दा तनाव र चिन्ता अन्त्य गर्छ