स्वास्थ्य

पृथ्वी राजमार्गमा केही दिनमै मोबाइल अस्पताल

तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा दमौली अस्पतालले सो सेवा सञ्चालन गर्न लागेको हो । सेवा सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच सम्झौता भइसकेको छ । मोबाइल अस्पताल सेवा सञ्चालनका लागि मन्त्रालयले दमौली अस्पताललाई ५० लाख उपलब्ध गराउने भएको छ । पहिलो चरणमा सुविधा सम्पन्न एम्बुलेन्स, विभिन्न उपकरण खरीद गर्ने र अन्य प्राविधिक क्षेत्रमा खर्च गरिने दमौली… पुरा पढौ

मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस् !

हामी सबैको बानि बिहान उठेपछी सबै भन्दा पहिला मुख धुँने गरिन्छ । स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ । यसरी दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ । जानिराख्नुहोस् स्वस्थ्य टिप्स् मुख धुँदा के के नगर्ने… पुरा पढौ

के ल्याब ८ वर्षमा, विशिष्ट व्यक्तित्व सम्मानीत, प्रोष्टेट ग्रन्थी जाँचमा मेभरी छुट

टंगाल, भाटभटेनीमा अवस्थित अन्र्तराष्ट्रियस्तरको क्राउन ल्याबरोटेरी एण्ड रिफरल सेन्टर (के—ल्याब) आठौं वर्षमा प्रवेश गरेको अवसरमा सेवाग्राही भेला, सम्मान कार्यक्रम गरिएकोे छ । स्थापनाकालदेखि निरन्तर ३० भन्दा बढी पटक के—ल्याबमा प्रयोगशाला सेवा लिदै आएका नभराज घिमीरे, डा.अरुणकुमार गुप्ता, प्रा.रेहना पाण्डेर्, समाजसेवी हरिभक्त बुढाथोकी, सञ्चारकर्मी अशेष शमा लगायतका सेवाग्राहीलाई ल्याबको संरक्षकको रुपमा सम्मान गरिएको हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सुबिधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउन सकिन्छ भन्ने धारणाले स्थापना गरिएको के—ल्याबले निरन्तर… पुरा पढौ

यौन दुर्बलता हटाउने जडीबुटी

आयुर्वेद बिज्ञानमा यौन क्षमता बढाउनका लागि बाजिकरण चिकित्सा बिधि प्रयोग हुँदै आइरहेको छ । बाजिको अर्थ घोडा हो । घोडाको जस्तै “यौन क्षमता” बृद्धि गर्नु यसको उद्धेश्य हो । यौनलाई बढी सुखमय सफल र गुणवान सन्तान जन्माउनका लागि आयुर्वेद बिज्ञानमा आवश्यक आहार, औषधि र बिभिन्न बिधिहरुको बिशेष उल्लेख गरेको पाइन्छ । यौन दुर्वलता कम गर्न र यौन क्षमता बृद्धि गर्न आयुर्वेदमा बाजिकरण बिज्ञानमा उल्लेखित उपचार बिधि महत्वपूर्ण छ । रक्त… पुरा पढौ

विपदमा स्वास्थ्य इञ्जीनियरिङबारे अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहिबारदेखि पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनमा पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु उत्पादनको थलो भएको बताए । विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रुपमा कार्यान्वयनमा राजनीतिक तथा विकास कार्यकर्ताहरु लाग्नुपर्ने बताए । पोखरा र आसपासका क्षेत्र पनि विपदको उच्च जोखिममा पर्ने भएकाले मेयर जिसीले सम्मेलनका विभिन्न निश्कर्षहरुलाई कार्यान्वयन गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता… पुरा पढौ

नुनका गुण र अवगुण, दैनिक कति खानुपर्छ नुन ? जान्नुहोस्

नुन स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्वपूर्ण यौगिक हो। तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि हानिकारक सावित हुनसक्छ। नुनको महत्व कति छ भनेर आकलन गर्न कहिलेकाहीं ब्रत, उपबास बस्दा वा आशोच÷जुठो बार्दा गरिएको नुुन त्यागपछिको भोगाइ सबैको मस्तिष्कमा ताजा हुनसक्छ। नुनको अनुचित प्रयोगले स्वास्थ्यको लागि प्रत्युत्पादक हुनसक्छ। धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन… पुरा पढौ

बजार आउन थाल्यो आँप, के रोगीले खानुहुन्न ?

गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मन पर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर, मानिसहरुमा केही यस्ता रोगहरु हुन्छन् जसका कारण आँप खानु उचित मानिदैन । आउनुहोस् कुन रोग लाग्दा आँप खान हुँदैन ।  १. डायबिटीजः जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरीरमा सुगर लेभल बढ्छ ।  २. पेटको… पुरा पढौ

जोमसोममा २५ करोड ५५ लाखको अस्पताल निर्माण हुँने

हिमाली जिल्ला मुस्ताङको एकमात्र जोमसोम अस्पताललाई आधुनिक संरचनाको रुपमा बिस्तार गरिने भएको छ ।यसका लागि गण्डकी प्रदेश सरकारले करिव २५ करोड ५५ लाख बजेट स्टमेट गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷२०७६ मा अस्पताल संरचना निर्माणका लागि ६ करोड २० लाख बिनियोजन भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।अस्पताल भवन संरचना निर्माणका लागि अहिले भईरहेका धेरैजसो संरचना मासिने उनले बताए ।अध्यक्ष गुरुङका अनुसार अस्पताल निर्माणको… पुरा पढौ

के हो बर्ड फ्लु ? कसरी फैलिन्छ ?

केही दिनयता हेटौ‌ंडा, काठमाडौं, कास्की लगायतका सहरमा बर्ड फ्लु पुष्टि भई करिब सवा लाख कुखुरा नष्ट गरियो। गएको जाडो मौसममा देशका विभिन्न भागमा किसानले पालेका कुखुराहरु अत्याधिक बिरामी भई उपचार गर्दागर्दै पनि मर्न थालेका सूचनाहरु सामाजिक सञ्जाल छ्याप्छ्याप्ती देख्न सकिन्थ्यो। सो क्रममा सक्रिय खुकुरापालक समूहका सदस्य एवं दाना–चल्ला आपूर्तीकर्ता तथा एग्रोभेट सञ्चालकहरुले आफूखुसी रोग निदान गरी थरीथरीका रोगको उपचार नगरेका होइनन्। तर कुखुरा मर्न रोकिएन। जब सरकारी स्तरबाट रोग निगरानी… पुरा पढौ

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक !

संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका–२ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन् । २०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शैंयामा बन्धक छन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं