स्वास्थ्य

जोमसोम अस्पताल स्वास्थ्य कार्यालयमा सर्ने,जनस्वास्थ्य प्रमुख उलकको बिमति

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल जोमसोम मुस्ताङलाई बहुवर्षिय भवन निर्माण योजना अन्तर्गत बजेट बिनियोजन गरेपछि जिल्लामा यसको गृहकार्य सुरु गरिएको छ । गत बैशाख ११ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सरोकारवाला सम्मिलित बैठकले अस्पताल भवन संरचना निर्माण तथा व्यवस्थापनबारे प्रारम्भिक निर्णय गरेको जनाईएको छ । एक वर्षअघि निर्माण सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालयको नवनिर्मित ३ तले पक्की भवनमा साविक अस्पतालले प्रवाह गर्ने ईमरजेन्सी तथा ओपिडी सेवासुबिधा नियमित… पुरा पढौ

डा रुना झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा नियुक्त भएकी छन् । दोस्रो पटक यो जिम्मेवारी पाएकी झा यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा कार्यरत थिइन्। प्रयोगशालाका निर्देशक डा हरिषचन्द्र उप्रेतीले उमेरका आधारमा अवकाश पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झालाई निर्देशकको जिम्मेवारी दिएको हो । डा झाले देशमा प्रयोगशालाको गुणस्तर बढाउँदै प्रयोगशालाहरु अनुमगन गरी गुणस्तर सुनिश्चित गरिने बताइन् । पुरा पढौ

अब चितवनमा पनि मृगौला प्रत्यारोपण

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण अनुमति पाएको छ। सोमबार बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले अस्पताललाई यस्तो अनुमति दिएको हो । अब नेपालमा मिर्गौला प्रत्यारोपणअनुमति पाउने अस्पतालको संख्या ८ पुगेको छ। अस्पतालका अध्यक्ष डा हरिषचन्द्र न्यौपानेले छिट्टै प्रत्यारोपण सुरु गर्ने जानकारी दिए। मिर्गौला प्रत्यारोपण गर्नेमा सरकारी तर्फ त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र छन्। नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको ११ वर्ष… पुरा पढौ

महिनावारीका वेला पेट किन दुख्छ, कसरी कम गर्ने पीडा ?

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसकिने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो । साथै, वाकवाकी लाग्ने, कम्मर वा ढाड दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन्छन् । यस्ता समस्याका कारण नियमित काम गर्नसमेत गाह्रो हुने गर्छ । दुख्ने कारण (विभिन्न कारणले किशोरीहरूको तल्लो पेट दुख्ने गर्छ । त्यसमध्ये उनीहरूमा देखिने डिस्मेनोरिया मुख्य… पुरा पढौ

विद्यार्थीबाट बढी शुल्क दिने जिएमसीलाई पुरस्कार

चिकित्सा शास्त्र अध्ययन संस्थानले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क असुल्ने गण्डकी मेडिकल कलेज (जिएमसी) लाई कारवाहीको साटो पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०७६÷७७ का लागि संस्थानले जिएमसीलाई एमडी, एमएस अनुमति दिएको छ । संस्थानको फ्याकल्टी बोर्डको बैठकले जिएमसीलाई स्नातकोत्तर तहमा २२ सिटमा विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको हो । विज्ञ टोलीको मापदण्ड पूरा नगरेको प्रतिवेदन दिए पनि त्यसलाई वेवास्ता गर्दै संस्थानले जिएमसीलाई स्नातकोत्तरमा भर्ना गर्ने अनुमति दिएको हो ।… पुरा पढौ

‘रुघाखोकी’बाटै १० को ज्यान गयो, ५ सयभन्दा बढी बिरामी

दुर्गम हुम्लाको ताजाकोटमा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। सोमबार बिहान थप एक महिलाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १० पुगेको हो। हुम्ला जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार ताजाकोट गाउँपालिका वडा नम्बर ५ मदना गाउँकी ६० वर्षीया पवित्रा बोहराको सोमबार बिहान ३ बजेतिर मृत्यु भएको हो। यसअघि ताजाकोट गाउँपालिका वडा नम्बर १ काँडा गाउँका ७० वर्षीय लालछरा रिठाल, सोठी ठाउँका ६० वर्षीय सुरजित खड्का,… पुरा पढौ

दादुराविरुद्ध खोप अभियान सञ्चालन हुने

सरकारले दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी मंसिर महिनाबाट संचालन हुने अभियानमा देशभरका ५ वर्षसम्मका करिब ३८ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो। मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले मंसिरदेखि माघसम्म अभियान सञ्चालन हुने जानकारी दिए। विभागले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमा १०… पुरा पढौ

निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार भन्दा बढी सेवाग्राहीले सेवा लाभ लिए

बागलुङ्ग जिल्लाको निसीखोला गाउँपालिकामा सम्पन्न दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार २ सय ५८ जना सेवाग्राहीले लाभ लिएका छन् । भुकम्पको चौथो बार्षिकीको स्मरणमा पोखरा स्थित कर्म फ्लाइट्स फाउन्डेशन नेपाल र निसीखोला गाउँपालिका बागलुङ्गको संयुक्त आयोजना तथा नेपाल इज ट्रष्ट, यु.के. र देविस्थान स्वास्थ्य चौकीको सहआयोजनामा भएको उक्त शिविर सञ्चालन गरिएको थियो । शिविरमा करिब ३०० जना महिलाले स्त्री रोगको जाँच, ६० जनाले घाँटीको इन्डोस्कोपी सहित २५० जनाले… पुरा पढौ

चिनी शरीरका लागी कति फाईदा ? जानकारी लिनुहोस

हामीले खानाबाट प्राप्त गर्ने ग्लुकोजका बिभिन्न तत्वहरुलाई हामी डेक्स्रोज, फ्रुक्टोज, ल्याक्टोज, सुक्रोज, माल्टोज आदि नामबाट चिन्छौं। ग्लुकोज एक शक्तिदायक वस्तु हो जुन प्रायः सबै फलफूल र तरकारीमा पाइन्छ। ग्लुकोज हाम्रो रगतमा पनि हुन्छ। फ्रुक्टोज प्रायः सबै तरकारी र फलफूलमा पाइन्छ। ल्याक्टोज नामक ग्लुकोज दूधमा पाइन्छ जुन विस्तारै पच्दछ। उखुबाट उत्पादन गरिने चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ। माल्टोज नामक ग्लुकोज गहु“बाट उत्पादन हुन्छ। ग्लुकोजले हामीलाई तत्कालै शक्ति प्रदान गर्छ। त्यसैले यसलाई… पुरा पढौ

डण्डिफोरले सतायो, घरमै छ समाधान

डण्डीफोर युवावस्थामा हुने अत्यन्त सामान्य समस्या हो । प्रायः जसो १४ देखि ३० वर्ष उमेर पुगेका युवा, युवतीलाई आउँदछ । जब युवा अवस्थामा पुगेकाहरुको अनुहारमा डण्डीफोर आउने गर्दछ । डण्डीफोरलाई बैंसको संकेत पनि भनिन्छ । प्रायःअनुहारमा नै डण्डीफोर आउने गर्दछ । यसले अनुहार नै कुरुप बनाउने गर्दछ । आयुर्वेदमा डण्डीफोरलाई यौवन पिडिका भनिन्छ । छालाको लागि महत्वपूर्ण जडिबुटिहरुमा घिउकुमारी, अर्जुन, बदाम, मञ्जिष्ठा, चन्दन, बेसार, गुलाब, निम आदि रहेका छन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं