ताजा समाचार

वैशाख १८ गते २०७६

के हो बर्ड फ्लु ? कसरी फैलिन्छ ?

केही दिनयता हेटौ‌ंडा, काठमाडौं, कास्की लगायतका सहरमा बर्ड फ्लु पुष्टि भई करिब सवा लाख कुखुरा नष्ट गरियो। गएको जाडो मौसममा देशका विभिन्न भागमा किसानले पालेका कुखुराहरु अत्याधिक बिरामी भई उपचार गर्दागर्दै पनि मर्न थालेका सूचनाहरु सामाजिक सञ्जाल छ्याप्छ्याप्ती देख्न सकिन्थ्यो।

सो क्रममा सक्रिय खुकुरापालक समूहका सदस्य एवं दाना–चल्ला आपूर्तीकर्ता तथा एग्रोभेट सञ्चालकहरुले आफूखुसी रोग निदान गरी थरीथरीका रोगको उपचार नगरेका होइनन्। तर कुखुरा मर्न रोकिएन। जब सरकारी स्तरबाट रोग निगरानी तथा अनुगनमनका क्रममा ल्याइएका नमुना पटकपटक प्रयोगशाला परीक्षण गर्दा कुखुरा मर्नुको कारण एच५एन१ इन्फ्लुइन्जा भाइरसको संक्रमण भएको पुष्टि भयो, जसलाई विश्व पशु स्वास्थ्य संगठनले समेत प्रमाणित गरेको छ।

उपरोक्त प्रजातिको भाइरसको कुखुरा प्रजातिमा संक्रमण भए यसलाई बर्ड फ्लु भनिन्छ। यसको लक्षण रुघाखोकीसँग मिल्दोजल्दो हुन्छ। इन्फ्लुएन्जा–ए विषाणुलाई प्रोटिनका आधारमा दुई भागमा वर्गीकृत गरिन्छ।

१) हिम एग्लु टिनिन २) न्युरा मिनिडेस (एन१–एन 9) प्रोटिन कुुखुराको विषाणुमा पाइन्छ। यस विषाणुलाई निम्नलिखित रुपमा वर्गीकृत गर्न सकिन्छ। अत्यधिक रोगजनक एवियन इन्फ्लुएन्जा तथा २० कम रोगजनक एवियन इन्फ्लुएन्जा।

रोगको प्रसारण

अत्यधिक रोगजनक विषाणु कुखुराको बथानमा तेजीले फैलन्छ। कम रोगजनक विषाणु कम घातक हुन्छ। यसले प्रायःजसो कुखुरामा फूल उत्पादनमा प्रभावित पार्छ। एवियन इन्फ्लुएन्जा धेरैजसो संक्रमित तथा स्वास्थ्य पक्षीहरुको सम्पर्कद्वारा फैलिन्छ।

यो रोग संक्रमण दुषित उपकरणको माध्यमबाट अप्रत्यक्षरप्रत्यक्ष रुपबाट फैलन्छ। यो विषाणु संक्रमित पक्षीको नाँक, मुख, आँखाबाट बग्ने श्रावमा पाइन्छ। मानिसमा अत्यधिक रोगजनक विषाणु रोग संक्रमित पक्षीसँग सिधा सम्पर्कबाट फैलन्छ। मानिसबाट मानिसमा संक्रमण निष्प्रभावी हुन्छ।

रोगको लक्षण

कुखुरामा इन्फ्लुएन्जा रोगको लक्षण तथा मृत्युदर कुखुरामा तनाव तथा पाहुना प्रजातिको आधारमा निरभर हुन्छ।

कम रोगजनक इन्फ्लुएन्जा रोग स् कम रोगजनक एविएन इन्फ्लुएन्जा विषाणु सामान्यतयाः हाच्छियूँ गर्दा, खोक्दा, आँखा, नाकको प्वालबाट चुहिएर फैलन्छ। यसमा श्वास लक्षण देखिन्छ। फूल उत्पादनमा कमी, प्रजनन् क्षमतामा कमी, अन्डकोष सुन्निने, मिर्गौला विफल हुने, आन्द्रासम्बन्धी यसका प्रमुख लक्षण हुन्। बथानमा मृत्युदर प्रायःजसो कम हुन्छ। यस रोगको तिब्रता अन्य जिवाणु तथा विषाणुजनित रोगहरुसँग बढेर जान्छ।

अत्यधिक रोगजनक एभियन इन्फलुएन्जा स् अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा रोग टर्की, कुखुरा तथा अन्य पक्षी प्रजातिहरुको गम्भीर रोग मानिन्छ। ज्समा मृत्युदर अत्यधिक हुने गर्छ। यस रोगका कारण मृत्युदर सय प्रतिशतसम्म हुन्छ। अत्यधिक तीब्र बिरामीमा कुनै लक्षण नदेखाई मृत्युदर सय प्रतिशतसम्म हुनसक्छ। यस रोगमा सुन्निने, निलो हुने, खुट्टा तथा मांसपेसीहरुमा रक्तश्राव हुनेगर्छ । मुख, नाकबाट ¥याल, रगत बग्नेगर्छ।

पक्षीबाट मानिसमा सर्ने रोग स् पक्षीहरुबाट मानव संक्रमण दुर्लभ मानिन्छ। सबैभन्दा बढी मानव रोग युरोसियाई एचएसएनआई अत्याधिक रोगजनक एवियन इन्फ्लुएन्जा संक्रमणबाट भएको छ। मानिसमा एवियन फ्लुको संक्रमणको लक्षण तनाव एवं विषाणुमा निर्भर गर्छ। एचएसएनआई विषाणुबाट मानिसमा फ्लु जस्तो लक्षण देखिन्छ। जस्तो खोकी लाग्ने, अतिसार, श्वास फेर्न गाह्रो, अत्यधिक कडा ज्वरो, टाउको दुख्ने, मांसपेसीहरु दुख्ने, सिंगान बग्ने हुन्छ।

रोकथामका उपाय
स्वच्छतामा पूर्ण ध्यान दिने, पाल्तु या जंगली पक्षीलाई सम्पर्कमा आउनबाट बचाउने, खानपान तथा भाँडाकुँडाको सरसफाइमा ध्यान दिनाले एभियन इन्फ्लुएन्जा रोगको जोखिम कम गर्न सकिन्छ।

कुखुरा फार्ममा अल इन अल आउट प्रक्रियाबाट पालन अनिवार्य तथा उपयोगी हुन्छ। जीवित रोगग्रस्त बजारहरु या अन्य माध्यमबाट कुखुरा फार्ममा ल्याउनुहुँदैन। ती मानिस जो नियमित पक्षीहरुसँग सम्पर्कमा आउँदैनन्, उनीहरुलाई एवियन इन्फ्लुएन्जा रोग हुने जोखिम धेरै कम हुन्छ।

कुखुरा पालन, पक्षीहरुको रेखदेख गर्न मजदुर, वन्यजीव विशेषज्ञ, पशु चिकित्सक आदिमा रोग लाग्ने सम्भावना बढी हुन्छ। कुखुरालाई बाहिरी पक्षीहरु तथा तीनको विषबाट टाढा राख्नुपर्छ। संक्रमण नियन्त्रण व्यक्तिगत सुरक्षण उपकरणको उपयोगले एवियन इन्फ्लुएन्जा संक्रमण कम गर्न सकिन्छ।

आँखा, नाँक, मुखको सुरक्षा गरिनु महत्वपूर्ण मानिन्छ। किनभने यी विषाणु शरीरमा यिनको माध्यमबाट प्रवेश गर्छ। उपयुक्त सुरक्षा उपकरण एपरन, पन्जा, जुत्ता या बुट कभर, सुरक्षा चस्माको प्रयोग अनिवार्य मानिन्छ।

उपचार : इन्फ्लुएन्जा विषाणुबाट संक्रमणग्रस्त पक्षीका लागि कुनै विशिष्ट उपचार छैन। रोगी कुखुरा मारेर गाड्नु नै उचित हुन्छ।