चितवन मेडिकल कलेज शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण अनुमति पाएको छ। सोमबार बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले अस्पताललाई यस्तो अनुमति दिएको हो ।
अब नेपालमा मिर्गौला प्रत्यारोपणअनुमति पाउने अस्पतालको संख्या ८ पुगेको छ। अस्पतालका अध्यक्ष डा हरिषचन्द्र न्यौपानेले छिट्टै प्रत्यारोपण सुरु गर्ने जानकारी दिए।
मिर्गौला प्रत्यारोपण गर्नेमा सरकारी तर्फ त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र छन्। नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको ११ वर्ष भइसकेको छ।




