राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा नियुक्त भएकी छन् । दोस्रो पटक यो जिम्मेवारी पाएकी झा यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा कार्यरत थिइन्।
प्रयोगशालाका निर्देशक डा हरिषचन्द्र उप्रेतीले उमेरका आधारमा अवकाश पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झालाई निर्देशकको जिम्मेवारी दिएको हो ।
डा झाले देशमा प्रयोगशालाको गुणस्तर बढाउँदै प्रयोगशालाहरु अनुमगन गरी गुणस्तर सुनिश्चित गरिने बताइन् ।




