विद्यार्थीबाट बढी शुल्क दिने जिएमसीलाई पुरस्कार

चिकित्सा शास्त्र अध्ययन संस्थानले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क असुल्ने गण्डकी मेडिकल कलेज (जिएमसी) लाई कारवाहीको साटो पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०७६÷७७ का लागि संस्थानले जिएमसीलाई एमडी, एमएस अनुमति दिएको छ ।

संस्थानको फ्याकल्टी बोर्डको बैठकले जिएमसीलाई स्नातकोत्तर तहमा २२ सिटमा विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको हो ।

विज्ञ टोलीको मापदण्ड पूरा नगरेको प्रतिवेदन दिए पनि त्यसलाई वेवास्ता गर्दै संस्थानले जिएमसीलाई स्नातकोत्तरमा भर्ना गर्ने अनुमति दिएको हो ।

बढी शुल्क दिने जिएमसीका सञ्चालकहरु विरुद्ध प्रहरीले २३ फागुनमा अदालतमा ठगीको मुद्दा दर्ता गरेको थियो । विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिने कलेजबाट शुल्क फिर्ता गराउनुको साटो पुरस्कार दिइनुलाई जानकारहरु आर्थिक चलखेलको परिणामको रुपमा लिन्छन् ।