स्वास्थ्य

हुम्लामा अज्ञात रोगले ८ को मृत्यु

हुम्ला सदरमुकाम सिमिकोटबाट ४५ कोस टाढा पर्ने गाउँमा अज्ञात रोगबाट ८ जनाको मृत्यु भएको छ। ताँजाकोट गाउँपालिकामा २ बालबालिकासहित ८ जनाको मृत्यु भएको हो। अज्ञात रोगका कारण वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनारको मृत्यु भएको स्थानीय मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । वडा नम्बर ३ की ७० वर्षीया… पुरा पढौ

सहीखोलामा फेवासिटीको शिविर

फेवासिटी हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा ५ सहीखोलामा निशुल्क शिविर भएको छ । सहिखोलाको शिवालय माविमा भएको शिवरमा ४ सय २३ बिरामी सित्तैमा जाँच गरिएको छ । अस्पतालका निर्देशक दिनेशबाबु खडुकाको नेतृत्वमा भएको शिविरको संयोजन हिमलाल गौतमले गरेका थिए । शिविरमा कन्सल्टेट फिजिसियन डा सुदर्शन पौडेलको टोलीले स्वास्थ्य जाँच गरेको थियो । पुरा पढौ

पोथी लामखुट्टेले नै किन सार्छ औलो ?

बिगत २ बर्षदेखि स्थानीयभन्दा आयातित औलोका बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। आर्थिक बर्ष २०७३-७४ मा स्थानीय औलोका बिरामी ४ सय ९२ थिए भने आयातित ६ सय ३६ जना थिए। यसैगरी २०७४-७५ को तथ्यांक अनुसार स्थानीय ५ सय ५७ बिरामी रहेकोमा आयातित ६ सय ३० जना भेटिएका छन्। यी दुवैलाई हेर्ने हो भने स्थानीयभन्दा आयातित बिरामीको संख्या बढेको देखिन्छ। नेपालमा भेटिएका औलो रोगीमध्ये करीब ६० प्रतिशत आयातित… पुरा पढौ

घरी घरी टाउको दुख्छ, यसरी कम गर्नाेस् दुखाई

मानिसलाई विभिन्न कारणले टाउको दुख्छ । टाउकोको दुखाईबाट हामीमध्ये धेरै पीडित छौं । के छ त यसको उपचार ?आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भिडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ १। गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने २। दही, मही, पनिर, आइसक्रिम, कफी… पुरा पढौ

अनुहारको दाग हटाउन के गर्ने ?

यदि तपाइँको अनुहारमा वर्षौदेखि रहिरहेको दाग हटाउन चाहनुहुन्छ भने अण्डा र महको फेसप्याक बनाएर अनुहारमा लगाउनुभयो भने त्यसले पुरै अनुहारको दाग मेटाउँछ र अनुहारमा चमक पैदा गर्छ । महमा एन्टीबायोटिक तत्व हुन्छ जसका कारण छालामा रहेका किटाणुहरुलाई नष्ट पार्छ र त्वचालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ । एकवटा अण्डाको सेतो भागमा एक ठूलो चम्चा मह मिलाई पेष्ट बनाउने र पुरै अनुहारमा १०-१५ मिनेटसम्म मालिस गर्ने र त्यसपछि २० मिनेट… पुरा पढौ

रिसले आँखै देख्नुहुन्न ? यसरी आफूलाई काबुमा राख्नुस्

रिसको आवेगमा ठूलै दुर्घटना पनि हुन सक्छ । कतिपयले आवेगमा ज्यान फालेका छन् । केहीले यही रिसकै कारण अरुको ज्यान समेत लिएका छन् । रिस अनेक कारणले उठ्छ । रिसले समस्याको समाधान गर्दैन बरु थप समस्यामा पार्छ । रिसको आवेग कम गर्ने केही उपाय यहाँ सुझाइएको छ । १.सिर्जनात्मक काम गर्नुहोस् तपाईंको रिसलाई सिर्जनात्मक कुरामा लगाउनुस्। मुड अफ भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउनुहोस् या केही गीत, कविता कोर्नसक्नुहुन्छ।… पुरा पढौ

नाज्माले एकैपटक जन्माइन् ३ छोरी र १ छोरा

पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्। पर्साको जयमंगलापुर सिपहरमाई गाउँपालिकाकी ३० वर्षीया नाज्मा खातुनले आज दिउँसो १२:४० बजे ५–५ मिनेटको फरकमा चार बच्चालाई जन्म दिएकी हुन्। उनले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्। हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट जयमोद ठाकुरका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था राम्रो छ। तर, ७ महिनामै जन्मिएकाले बच्चाहरुको तौल कम रहेको बताइएको छ। दुई बच्चा स्वस्थ रहको र दुई… पुरा पढौ

स्वास्थ्य कर्मचारीको फेरी मन्त्रालयलाई ज्ञापन पत्र

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संगठनहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुनः समायोजन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्। समायोजन ऐन र स्वास्थ्य सेवा ऐनको मर्म र मापदण्डविपरीत कर्मचारीको समायोजन गरिएको भन्दै स्वास्थ्यका ट्रेड युनियन र संगठनहरुले विधि र प्रक्रियाबाट पुनः समायोजन गर्न सरकारको ध्यानकर्षण गराएका हुन्। नेपाल स्वास्थ्यकर्मी संघका तर्फबाट अध्यक्ष रामजी घिमिरे, राष्ट्रिय स्वस्थ्यकर्मी संघ, नेपालका तर्फबाट अध्यक्ष भक्तिमान सुब्बा, मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर… पुरा पढौ

पत्नीका नाममा अस्पताल बनाउन तीन करोड

भरतपुर महानगरपालिका–३ नगरवन क्षेत्र नारायणगढमा निर्र्माण हुन लागेको स्पाइनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्रका लागि भरतपुरका ९१ वर्षीय उदयकुमार पियाले तीन करोड सहयोग गरेका छन् । उनले पत्नी चमेलीदेवी पियाको नाममा अस्पताल निर्माण गर्न सहयोग गरेका हुन् । चमेलीको सम्झनामा अस्पतालाई सहयोग गरेको उदयको भनाइ छ । ‘स्पाइनल इन्ज्योरी भएका बिरामीलाई हिँड्डुल गर्न निकै कठिन हुन्छ । उनीहरूको उपचार र पुनस्र्थापना गरिने भएकाले सहयोग गरेको हुँ,’ उनले भने । चमेलीको १८ वर्षअघि मृत्यु भएको थियो ।… पुरा पढौ

स्वास्थ्य राज्यमन्त्रीको अस्पतालभित्र नर्स मृत फेला

 संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवद्वारा सञ्चालित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालमा सोही अस्पतालमा कार्यरत एक नर्स मृत्त फेला परेकी छन् । आइतबार राति अस्पतालको पहिलो तलाको वाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी नर्सको शव प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं