डण्डिफोरले सतायो, घरमै छ समाधान

डण्डीफोर युवावस्थामा हुने अत्यन्त सामान्य समस्या हो । प्रायः जसो १४ देखि ३० वर्ष उमेर पुगेका युवा, युवतीलाई आउँदछ । जब युवा अवस्थामा पुगेकाहरुको अनुहारमा डण्डीफोर आउने गर्दछ । डण्डीफोरलाई बैंसको संकेत पनि भनिन्छ ।

प्रायःअनुहारमा नै डण्डीफोर आउने गर्दछ । यसले अनुहार नै कुरुप बनाउने गर्दछ । आयुर्वेदमा डण्डीफोरलाई यौवन पिडिका भनिन्छ । छालाको लागि महत्वपूर्ण जडिबुटिहरुमा घिउकुमारी, अर्जुन, बदाम, मञ्जिष्ठा, चन्दन, बेसार, गुलाब, निम आदि रहेका छन् ।

लाभदायी आहारमा ठिक्क परिणाममा गरम सुपाच्य खाना राम्रोसँग चपाएर खाने, र पहिले खाएको खाना पाचन भएपछि पुनः खाना खाने । ज्यादा मलासादार, चिल्लो, अमिलो नखाने ,ताजा साग सव्जी र रेसादार तरकारी खाने । प्रशस्त मात्रामा पानी, जुस पिउने ।  भिटामिन इ र ए ज्यादा भएका खाना जस्तै फर्सी, मेवा, गाँजर, काँक्रो खाने । चुरोट, रक्सी, सूर्ती, चिया, कफी, उपभोग नगर्ने । घरेलु उपचारमा पटक पटक सफा पानीले अनुहार धुने, प्रशस्त मात्रामा झोल पदार्थ, पानी, फलफूलको जूस पिउने, ताजा मेथीको पातलाई पानी मिसाई पेष्ट बनाई राती प्रयोग गर्ने, कागती रस र दूधलाई उमालेर मुख धुने, दालचिनीको पाउडरलाई महसँग मिसाई लेप लगाउने, घिउकुमारी चोप सिधै अनुहारमा लगाउने, चन्दन र बेसारलाई लेप बनाई लगाउने ।

डण्डीफोरलाई हातको औंलाले ननिचोर्ने । यसले अनुहारलाई कुरुप बनाउन सक्छ । ज्यादा चिल्लो पदार्थ कम खाने र बढि चिन्ता नलिने, राती ढिला सम्म नबस्ने, जे पायो त्यही फेस वास, साबुन, क्रिम, प्रयोग नगर्ने, चिकित्सकको सल्लाह अनुसार  हर्बल सामाग्री प्रयोग गर्ने । ज्यादा बाहिर घाममा नहिँड्ने र बिहान बेलुका प्राणायाम, व्यायाम गर्ने । यसरी घरेलु उपचारबाट पनि डण्डीफोरको उपचार सम्भव भएन भने आयुर्वेद चिकित्सकसँग परीक्षण गराएर औषधि सेवन तथा वाह्य प्रयोग गर्नुपर्दछ ।