स्वास्थ्य

महिनावारी अनियमित हुन्छ ? यसरी नियमित बनाउनुहोस्

महिनावारी महिलाहरुको एक प्राकृतिक प्रकृया हो । महिनावरी महिलासंग मात्रै सम्बन्धित हुन्छ । जुन कुरा नभएमा उनिहरुले मातृत्व समेत वहन गर्न पाउन सक्दैनन् । साधरण तया महिलाहरु किशोरावसथा लागे संगै महिनावारी शुरु हुन्छ । यो संगै अधिकांश महिला तथा किशोरीहरुमा महिनावारी अनियमित एकदमै ठुलो समस्या बनेको हुन्छ । जुन कुरा उनिहरुको स्वास्थ्य अवस्था गडवढ, तौल घटवढ, खानपान र रहनसहनका कारण महिनावारी अनियमित हुन्छ । जसका कारण महिला तथा किशोरीहरु चिन्तित… पुरा पढौ

नयाँ वर्षमा युआरएलमा मधुमेह निशुल्क, अरु टेस्टमा ३० प्रतिशत छुट

पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । युआरएलले वैशाख महिनाभर सभागृहचोकमा रहेको मुख्य कार्यालय र दमौली र दुलेगौंडामा रहेका शाखामा सित्तैमा मधुमेह जाँच हुनेछ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलले वैशाख महिनाभर सबैखाले परीक्षणमा ३० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यो क्षेत्रमा रेफरेन्स ल्याब सुरु गरेको युआरएलले गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन यो स्किम ल्याएको पन्तले बताए… पुरा पढौ

महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुग्यो

महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २१८ सङ्क्रमित भेटिएको जनाएको छ । यसैगरी नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाले सन् २०१२ को अन्त्यसम्म… पुरा पढौ

वीर अस्पतालमा सेवा सुचारु गर्न प्रहरी परिचालन

सरकारी चिकित्सकको आन्दोलनका कारण ६ दिनदेखि ठप्प बनेका सरकारी अस्पतालहरुको सेवा सुचारु गर्न सरकारले प्रहरी परिचालन गरेको छ । सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरू आन्दोलनमा छन् ।  समायोजनमा सरकारले आफूहरूमाथि विभेद गरेको उनीहरूको आरोप छ । वीर अस्पतालमा बिहानै प्रहरी पुगेर धर्नामा रहेका चिकित्सकलाई हटाएर काउन्टर खुलाएको छ । काउन्टर खुलाएर धमाधम टिकट काटेको थियो ।  सरकारले जबर्जस्ती अस्पताल खुलाए पनि आफूहरूले बिरामी जाँच नगर्ने सरकारी चिकित्सक… पुरा पढौ

चिकित्सकको आन्दोलनले विरामी मारमा

वीर अस्पतालमा उपचारका लागि धाउँदै आएका बिरामीहरुले चिकित्सकहरुले नै आफूहरुलाई सास्ती दिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार बिहान अस्पतालले नै डाकेर स्वास्थ्य उपचारका लागि पुगेका काठमाडौं बनस्थलीका पाल्साङ तामाङले विरामीलाई अस्पतालमा डाक्ने तर उपचार नगर्ने सरकारी चिकित्सकहरुको रवैयाप्रति आपत्ति जनाएका हुन्। विना सूचना विरामीलाई डाकेर सास्तै मात्रै दिने गरेकोमा अस्पतालका डाक्टरहरुप्रति विरामीहरुको आक्रोश छ।  उदयपुरबाट आएका चेतबहादुर कार्कीले स्वास्थ्य उपचारका लागि अस्पताल आएको ४ दिन हुँदा उपचार पाउन नसकेको गुनासो गरे।… पुरा पढौ

मुस्ताङका बालवालिकामा भाईरलको संक्रमण

मौसम परिवर्तन भएसंगै मुस्ताङका अधिकाँश बालवालिकामा यतिबेला भाईरलको बिभिन्न प्रकोप देखिन थालेको जनाईएको छ ।जिल्ला अस्पताल जोमसोमको एकसाताको रेकर्ड अनुसार १ सय २० जनालाई भाईरलको प्रकोप देखिएको अस्पताल श्रोतले जनाएको छ । चिसो मौसमको समाप्तै र गर्मीयामको सुरुआत भईसकेकाले भाईरलको प्रकोप बढेको अस्पतालका मेडिकल अधिकृत प्रकाश नेपालीले जानकारी दिए ।उनका अनुसार २ वर्षदेखि ५ वर्ष उमेरका बालवालिका यसप्रकारको प्रकोप देखिएको बताए । अस्पतालमा ल्याएका धेरैजसोलाई ज्वरो ,रुघाखोकी,जीउ लत्रथ्क गल्ने,टोलाउने ,लाटो… पुरा पढौ

निःशुल्क आँखा शल्यक्रिया शिविर, ८२९ को उपचार

दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ।  नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो।          शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा. अभिषेक सहदेवको नेतृत्वमा आएको १४ स्वास्थ्यकर्मीको टोलीले ९५ को शल्यक्रिया गरेको सङ्घका सभापति इन्द्र कसजुले जानकारी दिए।… पुरा पढौ

बेष्ट क्यान्सर बुझाउन मिस नेपाल पिसका प्रतियोगी घरदैलोमा

स्काइफल ‘मिस नेपाल पिस २०७५’का प्रतियोगीले बेष्टक्यान्सर सम्बन्धी एकदिने जनचेताना कार्यक्रममा सहभागीता जनाएका छन् । बिश्व स्वस्थ्य दिवसरको अवसर पारेर आइतबार भक्तपुर दरबार स्क्वार क्षेत्रमा आयोजित क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रममा उनीहरुले सहभागीता जनाएर क्यान्सरको बारेमा जनचेताना जगाएका हुन् । नेपाल बेष्ट क्यान्सर फाउन्डेसनकी अध्यक्ष सुनिता हिराचनको संयोजकत्वमा प्रतियोगीहरु दरबार स्क्वारक्षेत्र आसपासका घर घर पुगेर क्यान्सर सम्बन्धी चेतना जगाउका थिए । ‘क्यान्सर के हो । कसरी लाग्छ । यो बाट बच्च… पुरा पढौ

गर्भवती हुँदा मोटाउनु राम्रो हो त ?

गर्भवती अवस्थामा महिलाहरुको तौल केही न केही बढेकै राम्रो हुने चिकित्सकहरुले बताएका छन् । आमाको कम तौल हुनुले बच्चाको तौल पनि कम गराउने हुनाले नै यस्तो भनिएको जापानी डा. नाहो मोरिसाकी बताउँछन् ।  उनी जापानको ‘नेशनल सेन्टर फर चाइल्ड हेल्थ एण्ड डेभलपमेन्टमा सामाजिक चिकित्सा विभागमा लाइफकोर्स इपीडेमिओलोजी’ का प्रमुख हुन् । यसरी महिलाहरुले गर्भवती अवस्थामा पर्याप्त तौल हासिल गर्न नसक्दा उनीहरुको सन्तान सानो जन्मने र स्तनपानमा कठिनाइ हुने, रोगको खतरा… पुरा पढौ

‘खानेपानीमा बिचौलियाको बिगबिगी’

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले खानेपानी उद्योगहरुको समाजमा महत्पूर्ण भूमिका रहेको बताए । उनले उद्योगी व्यवसायीलाई नाफामा मात्र नभई उपभोक्ताको अधिकारलाई पनि ख्याल गर्न सुझाव दिए । उनलेउद्योगले भन्दा पनि खुद्रा पानी बिक्रेताले उपभोक्तालाई ठगेको दावी गरे । थापाले भने,‘१२ रुपैयाभन्दा कममा पाइने बोतलको पानी खुलेआम रुपमा २०,२५ र ३० रुपैयाँमा बिक्री हुने गरेको छ । पानीमापनि बिचौलियाको बिगबिगी छ ।’ नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको पोखरामा भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं