मुस्ताङका बालवालिकामा भाईरलको संक्रमण

- दिनहु आधादर्जन बालवालिकालाई भाईरल ज्वरो

मौसम परिवर्तन भएसंगै मुस्ताङका अधिकाँश बालवालिकामा यतिबेला भाईरलको बिभिन्न प्रकोप देखिन थालेको जनाईएको छ ।जिल्ला अस्पताल जोमसोमको एकसाताको रेकर्ड अनुसार १ सय २० जनालाई भाईरलको प्रकोप देखिएको अस्पताल श्रोतले जनाएको छ ।


चिसो मौसमको समाप्तै र गर्मीयामको सुरुआत भईसकेकाले भाईरलको प्रकोप बढेको अस्पतालका मेडिकल अधिकृत प्रकाश नेपालीले जानकारी दिए ।उनका अनुसार २ वर्षदेखि ५ वर्ष उमेरका बालवालिका यसप्रकारको प्रकोप देखिएको बताए ।

अस्पतालमा ल्याएका धेरैजसोलाई ज्वरो ,रुघाखोकी,जीउ लत्रथ्क गल्ने,टोलाउने ,लाटो हुने,श्वासप्र्रश्वासमा समस्या हुने र नाकबाट तारनतार सिगान बग्ने आदी जस्ता लक्षण देखिन पुगेको मेडिकल अधिकृत नेपालीको भनाई छ ।


जिल्ला अस्पताल जोमसोममा दिनहु आधादर्जन बालवालिकालाई भाईरल ज्वरो आदी प्रकोप देखिएको हो ।अस्पतालका अनुसार सदरमुकाम जोमसोममा मात्रै एकसातामा २ वर्ष देखि ५ वर्ष उमेरका ३६ जना बालवालिका उपचारका लागि अस्पताल ल्याएको हो ।यस्तै,१२ वर्ष उमेर समुहका २४ जना बालवालिकालाई भाईरलको सक्रमण देखिएको अधिकृत नेपालीले बताए ।

त्यसो त बालवालिकालाई मात्र होईन अधिकाँश उमेर समुहका मानिसलाई पनि मौसम परिवर्तका कारण भाईरल रोगको प्रकोपले ग्रस्त तुल्याएको उनले जनाए ।सदरमुकाम जोमसोममा मात्र होईन मुस्ताङ ५ वटै स्थानीयतहमा साना बावालिकालाई भाईरल रोगका बिभिन्न प्रकोप देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय जोमसोमले जनाएको छ ।

कार्यालयले केकति संख्यामा यस रोगबाट पीडित भए भन्ने तथ्याङ्क आईनपुगेको जनाएको छ ।मुस्ताङका ५ वटै स्थानीयतहका स्वास्थ्यकेन्द्रमा बालवालिका जचाँउन ल्याउनेको संख्या दिनुह बृद्धि भईरहेको कार्यालयले बताएको छ ।


जोमसोमको धौलागिरी आवासिय मावि ,जनहित बालबिकास केन्द्र र समता बालकेन्द्रमा भाईरल रोगको प्रकोपका कारण बालवालिका अनुउपस्थित हुने गरेको पाईएको छ ।जोमसोम अस्पतालकी डक्टर नेहा शाहका अनुसार होस्टेलमा बस्ने बालवालिकालाई ज्वरो आउने,टाउँको दुख्ने झोक्र्याउने र श्वासप्रश्वासमा समस्या देखिएको बताईन् ।

भाईरल रोग एकअर्काबीच सजिलै फैलिन सक्ने भएकाले यस्तो समस्या देखिएको उनको भनाई छ ।भाईरल प्रकोपका कारण बालवालिकामा रोग संग लड्ने क्षमता न्युन हुने भएकाले सेकेन्डरी ईन्फेक्सन औषधि दिने गरेको बताईन् ।डक्टर नेहाका अनुसार बालवालिकामा देखिएको भाईरल प्रकोप एकसाता भन्दा बढी नरहने उल्लेख गरिन् ।

मुस्ताङमा भाईरलको प्रकोप देखि थालेपछि जोमसोमका बिद्यालय उच्चसर्तकता अपनाएका छन् ।ज्वरो आउने,टाउँको दुख्ने समस्या भएका बालवालिकालाई निको नभईन्जेल स्कुलमा ल्याउन नहुने अभिभावकलाई सुझाइएको धौलागिरी आवासियका प्रिन्सिपल चन्द्रबहादुर गुरुङले जानकारी दिए ।हिउँदयाममा सुनसान रहेको जोमसोम अस्पतालमा बिरामी सेवाग्राही बढेको अस्पतालले जनाएको छ ।

चिसो मौसममा बेशी झरेका मुस्ताङीहरुमा यस्तो समस्या देखिएको हो ।चिसो र गर्मीको मौसम परिवर्तनले स्वास्थ्यमा प्रतिकुलता देखिएको हो ।अस्पतालका अनुसार भाईरल प्रकोपबाट बालवालिकालाई निमोनिया हुने जस्ता रोगबाट जोगाउन ईन्फिेक्सन औषधि दिईने गरेको जनाएको छ ।

तर,भाईरलकै कारण अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गर्न नपरेको जनाईएको छ ।अस्पतालले प्रकोपको चपेटामा परेका बालवालिकाका अभिभावकलाई पोसिलो खानेकुरा खुवाउन समेत सुझाएको छ ।