स्वास्थ्य

डा.केसी हावाहुरी प्रभावितको उपचार गर्न बारा

डा. गोविन्द केसी दैवी प्रकोप तथा विपत्तीमा परेका बिरामीलाई उपचार गर्न हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्। विगतका विपत्तीमा जस्तै डा. केसी स्वविवेकले हावाहुरीबाट घाइतेहरूको उपचार गर्न बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका छन्। उनले आफुसँग उपलब्ध स्रोत साधनका आधारमा त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्। उपलब्ध लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन्। केसी रात्री बस चढेर एक्लै मंगलबार बारा पुगेका छन् । उनले विभिन्न प्रकारको औषधी बोकेका छन्। फेटा बाराको सबैभन्दा बढी हावाहुरी… पुरा पढौ

डाक्टरसहित नेपाल मेडिसिटी टोली बारामा

नेपाल मेडिसिटी अस्पतालको चिकित्सकसहितको टोली आवश्यक मेडिकल उपकरणसहित बारा पुगेको छ । हेलिकोप्टरबाट गएको ५ सदस्यीय टोलीले त्यहाँ अस्पताल र सुरक्षाकर्मीहरुसँग समन्वय गरी उपचार गरिरहेको छ । भर्खरै अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त मेडिसिटीले जिम्मेवारी बोध गर्दै देशकै विपत्तिमा सघाएको महाप्रबन्धक विजय रिमालले बताए । उनले भने, हाम्रो भेटिन्लेटरसहितको टोली अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा छ । अत्यावश्यक परे शल्यक्रियासमेत गर्न सक्ने टोली पठाएका छौं । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो… पुरा पढौ

डाक्टर श्रीमान्‌को कुटाइबाट घाइते श्रीमती सुनिताको मृत्यु

डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको छ। उपचारको क्रममा शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँमा उनका मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट गम्भीर घाइते भएकी उनकी श्रमिती सुनिताको उपचारको लागि वीरगञ्जको गण्डक अस्पतालमा भर्ना गरिएकोमा थप उपचारको लागि काठमाडौँ लगिएको थियो। वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज निवासी डाक्टर सचितानन्द यादवलाई प्रहरीले श्रीमती कुटेको… पुरा पढौ

मेडिकल कलेजको शुल्क छानबिन गर्न संसदीय उपसमिति

मेडिकल कलेजहरुले लिइरहेको बढी शुल्कका विषयमा छानबिन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ। सांसद सुरेश राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो।  समितिमा सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, एकबाल मियाँ, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी र सन्तकुमार थारु सदस्य रहेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्।  उनका अनुसार समितिको पहिलो बैठक बसेको मितिले एक महिनाभित्र उपसमितिले प्रतिवेदन बुझाउनु पर्नेछ। पुरा पढौ

मेडिसिटीले अन्तर्राष्ट्रिय उचाई पाएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मेडिसिटी अस्पताल भैंसीपाटी, ललितपुरले अन्तर्राष्ट्रिय उचाई पाएको बताएका छन् । उनले अरु क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तर प्राप्त गर्न प्रयत्न गर्न आग्रह गरे । उनले भने, उपचार र निदान दुवै पक्ष अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ । अन्तर्राष्ट्रिय मूल्यांकनमा भर पर्न सकिने विश्वासको प्रमाणपत्र हो यो । प्रधानमन्त्रीले अहिले सरकार समृद्धिको यात्रा रहेको जनाउँदै समृद्धिले मात्र जीवन पूरा नहुने बताए । उनले अन्तरिक र वाहय… पुरा पढौ

खाना खाने बित्तिकै के के गर्नु स्वास्थ्यको लागि राम्रो मानिदैन ?

हरेक मान्छेको जीवन जिउने तरिका फरक फरक हुन्छ। जसले गर्दा उनीहरूको दैनिकी पनि फरक फरक हुने गर्छ। कोही बेलुकी अबेर सम्म बस्ने र बिहान ढिलो उठ्ने, कोही बिहान बेलुकी नै खाना खाए पछि सुत्ने बानी हुन्छ। तर धेरैले थाहा पाएर वा नपाएर तिनले फाइदा पनि पुर्‍याइरहेका हुन्छन्। केही बानीले मानिसलाई हानी पनि गरिरहेका हुन्छन्। धेरैको बिहान खाना खाइसकेपछि घर बाहिर निस्कने बानी हुन्छ भने धेरैको बेलुकी खाना खाइसकेपछि सुतिहाल्ने बानी हुन्छ। तर मानिसले… पुरा पढौ

के-के छन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समस्या ?

नागरिक समाज पोखरा र राष्ट्रिय सम्पदा संरक्षण समितिका अभियान्ताले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था सुधार गर्न माग गरेका छन् । यसै विषयमा उनीहरूले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरूले मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘गण्डकी प्रदेशकै पुरानो र ठूलो एकमात्र सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वेथितिबाट गुज्रिरहेको र आम सर्वसाधारण नागरिकले ठूलो हैरानी बेहोर्नुका साथै सुलभ स्वास्थ्य सेवाबाट बञ्चित हुन परिरहेकले ध्यानाकर्षण… पुरा पढौ

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ : मन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उनले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताए । उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा कुल बजेटको चार दशमलव चार प्रतिशत मात्र छुट्याइएको उल्लेख गर्दै कर्मचारीको तलब भत्तामा मात्रै चार प्रतिशत खर्च हुने… पुरा पढौ

डा. गरिमा र डा. रोश्नीले खोले डेन्टल क्लिनिक

पोखरा महानगरपालिका ९ नयाँबजारमा सुमेरु डेन्टल क्लिनिक खुलेको छ । डा. रोश्नी गौतम र डा. गरिमा गौतमले करिब २० लाख लगानी गरी डेन्टल खोलेका हुन् । क्लिनिकबाट दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत निकाल्ने, दाँतको सर्जिकल, तार बान्ने, अर्थोडन्टिक उपचार लगायतकासेवा उपलव्ध हुने डा. रोश्नीले जानकारी दिइन् । क्लिनिक गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले उद्घाटन गरिन् । उनले सम्बन्धित विषयमा दक्षता हासिल गरी नागरिकको सेवामा लाग्ने गौतम दिदीबहिनीको कार्य प्रशंसनीय… पुरा पढौ

उत्तर फर्केर सुते हृदयघात, कति सुत्ने कसरी सुत्ने ? (केही टिप्स्)

स्वास्थ्यका लागि आराम एकदमै महत्वपूर्ण हुन्छ। आरामका लागि मानिसले आनन्दसँग सुत्नुपर्ने हुन्छ। तर, सुत्दा लापरवाही गरेमा स्वास्थ्यलाई प्रतिकूल असर पर्छ। कुन दिशामा शिर अनि कुन दिशामा गोडा पारेर सुत्दा राम्रो हुन्छ भन्ने कुरामा ध्यान पु¥याउनु पर्दछ। दक्षिण दिशामा शीर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ। यसरी सुत्दा धेरै बिमारी भइँदैन। वातावरणमा चुम्बकीय शक्ति रहेको हुन्छ र यो शक्ति दक्षिणबाट उत्तरतिर गइरहेको हुन्छ। हामीले दक्षिणतिर शीर पारेर सुत्दा यो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं