पोखरा महानगरपालिका ९ नयाँबजारमा सुमेरु डेन्टल क्लिनिक खुलेको छ । डा. रोश्नी गौतम र डा. गरिमा गौतमले करिब २० लाख लगानी गरी डेन्टल खोलेका हुन् ।
क्लिनिकबाट दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत निकाल्ने, दाँतको सर्जिकल, तार बान्ने, अर्थोडन्टिक उपचार लगायतकासेवा उपलव्ध हुने डा. रोश्नीले जानकारी दिइन् । क्लिनिक गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले उद्घाटन गरिन् । उनले सम्बन्धित विषयमा दक्षता हासिल गरी नागरिकको सेवामा लाग्ने गौतम दिदीबहिनीको कार्य प्रशंसनीय रहेको बताइन् । शिक्षित जनशक्ति विदेशिने अहिलेको परिवेशमा यस्तो प्रयासले अरुलाई पनि प्रेरणा दिने उनले बताइन् ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले उच्च शिक्षा हासिल गरेर आफू स्वरोजगार तथा नयाँ रोजगार सृजना गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तेजनारायण अधिकारी, चेम्बर अफ कमर्श कास्की अध्यक्ष किसान सुनार, व्यवसायी बलराम गौतम र गीता तिवारी गौतमले बोलेका थिए ।




