डाक्टरसहित नेपाल मेडिसिटी टोली बारामा

नेपाल मेडिसिटी अस्पतालको चिकित्सकसहितको टोली आवश्यक मेडिकल उपकरणसहित बारा पुगेको छ । हेलिकोप्टरबाट गएको ५ सदस्यीय टोलीले त्यहाँ अस्पताल र सुरक्षाकर्मीहरुसँग समन्वय गरी उपचार गरिरहेको छ ।

भर्खरै अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त मेडिसिटीले जिम्मेवारी बोध गर्दै देशकै विपत्तिमा सघाएको महाप्रबन्धक विजय रिमालले बताए । उनले भने, हाम्रो भेटिन्लेटरसहितको टोली अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा छ । अत्यावश्यक परे शल्यक्रियासमेत गर्न सक्ने टोली पठाएका छौं ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो आफैं पनि बारा पुगिसकेका छन् ।
बारामा गए राति भएको भिषण हावाहुरीका कारण हालसम्म ३१ जनाको मृत्यु भइसकेको सरकारले पुष्टि गरेको छ ।