डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको छ।
उपचारको क्रममा शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँमा उनका मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट गम्भीर घाइते भएकी उनकी श्रमिती सुनिताको उपचारको लागि वीरगञ्जको गण्डक अस्पतालमा भर्ना गरिएकोमा थप उपचारको लागि काठमाडौँ लगिएको थियो।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज निवासी डाक्टर सचितानन्द यादवलाई प्रहरीले श्रीमती कुटेको आरोपमा पक्राउ गरिसकेको छ।




