स्वास्थ्य

साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात

पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । शनिबार काठमाडौंबाट वुटवल जार्दै गर्दा धादिङको गल्छी पुग्दा हृदयघात भएको हो । प्रश्रितलाई हृदयघात भएपछि गल्छीबाट ल्याएर तत्कालै ललितपुरस्थित नेपाल मेडिसिटि अस्पताल भर्ना गरिएको छ । मुटुमा जमेको रगत हटाएपछि अहिले अहिले सिसियुमा राखेर उपचार भइरहेको छ । मेडिसिटीका महाप्रबन्धक विजय रिमालले प्रश्रितको अवस्था खतरामुक्त रहेको नेपालदूतलाई बताए । पुरा पढौ

दमौलीमा साढे ७ सयको सित्तैमा थाइराइड जाँच

रोगलाग्नु अगावै सचेत बनाउन सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार साढे ७ सयको सित्तैमा थाइराइड जाँच गरेको छ । पोखरा सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएलको दमौली शाखाले तनहुँको दमौलीका आयोजना गरेको कार्यक्रममा ७ सय ५२ जनाको सित्तैमा थाइराइड तथा रगतमा हुने खराब बोसो टिजी जाँच गरिएको हो । नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शिविरमा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तारा कोइरालाले गुणस्तर हीन… पुरा पढौ

कुन बेला बढी यौन सुख चाहन्छन् मानिस ?

हाम्रो समाजमा सेक्सका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन सेक्स कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् । तर, सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु जरुरी हुन्छ । आम जीवनमा सेक्स आधारभुत आवश्यकता नै हो । जसरी सुत्नु, खानु र दैनिक कार्य गर्नुपर्छ । त्यसैगरी सेक्स पनि मानव जीवनमा आवश्यक हुन्छ । हाम्रो समाजमा अधिकांश यस्ता परिवार छन् । जसको वैवाहिक जीवन… पुरा पढौ

एड्सबाट २४ जनाको मृत्यु

एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए ।     लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १६३ को उपचार भइरहेको स्वास्थ्य उनले जानकारी… पुरा पढौ

जिएमसीविरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी

गण्डकी मेडिकल कलेजविरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी परेको छ।  सुनसरीका प्रितम सुवेदीले आइतबार उक्त मेडिकल कजेलका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रविन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखा प्रमुख हरिमाया पौडेलविरुद्ध राजस्व  चुहावटससम्बन्धी कसुमा छानविन गरी कारबाही गर्न उजुरी हालेका हुन्। उनले सोही कलेजका दिनेश पौडेल, सिइओ सन्तोष खनाल, परीक्षा कन्ट्रोलर लक्ष्मणप्रसाद शर्मा,  कर्मचारी तिलक पौडेल र  स्टोर किपर कृष्ण पौडेलविरुद्ध पनि उजुरी हालेका छन्।… पुरा पढौ

खाद्य अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। भन्सारबाट आयात हुने चामललगायत खाद्य पदार्थको कानूनबमोजिम परीक्षण गर्दा लाग्ने दस्तुर बुझाएर प्रज्ञापनपत्र बनाइदिने बहानामा रु ३५ हजार घुस लिएको अभियोग लागेको छ। सेवाग्राहीलाई सहज रुपमा भन्सार सुविधा मिलाइदिने भन्दै घुस लिने श्रीवास्तवलाई आयोगको टोलीले घुस रकमसहित केही दिनपहिले पक्राउ गरेको थियो। आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार… पुरा पढौ

डा.केसी हावाहुरी प्रभावितको उपचार गर्न बारा

डा. गोविन्द केसी दैवी प्रकोप तथा विपत्तीमा परेका बिरामीलाई उपचार गर्न हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्। विगतका विपत्तीमा जस्तै डा. केसी स्वविवेकले हावाहुरीबाट घाइतेहरूको उपचार गर्न बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका छन्। उनले आफुसँग उपलब्ध स्रोत साधनका आधारमा त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्। उपलब्ध लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन्। केसी रात्री बस चढेर एक्लै मंगलबार बारा पुगेका छन् । उनले विभिन्न प्रकारको औषधी बोकेका छन्। फेटा बाराको सबैभन्दा बढी हावाहुरी… पुरा पढौ

डाक्टरसहित नेपाल मेडिसिटी टोली बारामा

नेपाल मेडिसिटी अस्पतालको चिकित्सकसहितको टोली आवश्यक मेडिकल उपकरणसहित बारा पुगेको छ । हेलिकोप्टरबाट गएको ५ सदस्यीय टोलीले त्यहाँ अस्पताल र सुरक्षाकर्मीहरुसँग समन्वय गरी उपचार गरिरहेको छ । भर्खरै अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त मेडिसिटीले जिम्मेवारी बोध गर्दै देशकै विपत्तिमा सघाएको महाप्रबन्धक विजय रिमालले बताए । उनले भने, हाम्रो भेटिन्लेटरसहितको टोली अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा छ । अत्यावश्यक परे शल्यक्रियासमेत गर्न सक्ने टोली पठाएका छौं । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो… पुरा पढौ

डाक्टर श्रीमान्‌को कुटाइबाट घाइते श्रीमती सुनिताको मृत्यु

डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको छ। उपचारको क्रममा शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँमा उनका मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट गम्भीर घाइते भएकी उनकी श्रमिती सुनिताको उपचारको लागि वीरगञ्जको गण्डक अस्पतालमा भर्ना गरिएकोमा थप उपचारको लागि काठमाडौँ लगिएको थियो। वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज निवासी डाक्टर सचितानन्द यादवलाई प्रहरीले श्रीमती कुटेको… पुरा पढौ

मेडिकल कलेजको शुल्क छानबिन गर्न संसदीय उपसमिति

मेडिकल कलेजहरुले लिइरहेको बढी शुल्कका विषयमा छानबिन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ। सांसद सुरेश राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो।  समितिमा सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, एकबाल मियाँ, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी र सन्तकुमार थारु सदस्य रहेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्।  उनका अनुसार समितिको पहिलो बैठक बसेको मितिले एक महिनाभित्र उपसमितिले प्रतिवेदन बुझाउनु पर्नेछ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं