साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात

पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । शनिबार काठमाडौंबाट वुटवल जार्दै गर्दा धादिङको गल्छी पुग्दा हृदयघात भएको हो ।

प्रश्रितलाई हृदयघात भएपछि गल्छीबाट ल्याएर तत्कालै ललितपुरस्थित नेपाल मेडिसिटि अस्पताल भर्ना गरिएको छ । मुटुमा जमेको रगत हटाएपछि अहिले अहिले सिसियुमा राखेर उपचार भइरहेको छ ।

मेडिसिटीका महाप्रबन्धक विजय रिमालले प्रश्रितको अवस्था खतरामुक्त रहेको नेपालदूतलाई बताए ।