सफल हस्पिटल प्रा.लि. बागलुङको विशेष प्राविधिक सहयाेग तथा सिगाना स्वास्थ्य चाैकी एव्ं बा.न.पा. ८काे संयाेजनमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा बृहत स्वास्थ शिबिर सम्पन्न भयो ।
नेपाल नेत्रज्याेति संघ, बागलुङ डेन्टल हाेम , महिला सञ्जाल सिगाना र गणेश कृषि व्यवसायीक सहकारी संस्थाकाे समेत प्राविधिक सहयाेग रहेकाे बृहत स्वास्थ शिविर मार्फत धेरैले स्वास्थ जाँच गर्ने अबसर पाएका थिए ।
बा.न.पा.सामाजिक विकास संयाेजक एवं बागलुङ नगरपालिका वार्ड नं ९का अध्यक्ष गणेश थापाकाे प्रमुख आतिथ्यता, सिगाना स्वास्थ्य चाैकी का अध्यक्ष तथा बा.न.पा.८ का अध्यक्ष जित बहादुर क्षेत्रीकाे अध्यक्षता, स्वास्थ्य चाैकि व्यवस्थापन समिति सदस्य ज्ञानेन्द्र गाैतमकाे स्वागत तथा सिगाना स्वास्थ्य चाैकिका सिनियर अहेव विष्णुप्रसाद शर्माकाे संचालनमा सम्पन्न भएकाे स्वास्थ शिविरमा प्रमुख अतिथि थापाले याे शिविर अत्यन्तै प्रभावकारी र सम्मानजनक रहेकाे बताउँदै आयाेजक र सहयाेगिहरू मा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा धार्मिक र पर्यटकिय संभावना उच्च रहेपनि बागलुङमा यहाँका जनसमुदायहरू अझै पनि स्वास्थ्य सेवाकाे पहुँचकाे हिसाबले निकै पछि रहेकाे भन्दै नाक, कान तथा घाँटी राेग विशेषज्ञ डा. शैलेन्द्र बि.क. पाेखरेलले अवका दिनमा धाैलागिरी अस्पताल संगै सफल हस्पिटल बागलुङमा पहिले जस्ताे नभई पर्याप्त विशेषज्ञकाे टाेलि रहेकाेले अब धाैलागिरि अञ्चलबासीकाे स्वास्थ्य सेवाकाे गुणस्तरमा उल्लेख्य वृद्धि गर्न सकिनेमा विस्वस्त रहेकाे बताए ।
यसकाे लागि आमजनसमुदाय विशेषज्ञ सेवा प्रति जानकार हुनुपर्ने सचेतनाकाे लागि जनप्रतिनिधि लगाएत आम सराेकारवालाहरूले गम्भीरताका साथ हेरिनु पर्ने डा. पाेखरेलले बताए । विरामिहरूले विशेषज्ञ सेवा लिन नै बढि प्रयास गर्नु पर्ने धारणा राखेका थिए । हाड जाेर्नि तथा नसा राेग विशेषज्ञ डा. नवीन पाैडेलले प्राय विशेषज्ञ सेवाकाे बारेमा जानकार नहुँदा पनि स्वास्थ्य सेवा मा समस्या रहेकाे भन्दै सबैखालका विरामीहरूले विशेषज्ञ मार्फत आफ्नाे स्वास्थ्य परिक्षण गरि स्वास्थ्य प्रति सचेत रहन आग्रह गरेका थिए ।
१ दिने शिविरमा
हाड जाेर्नि तथा नसा राेग विशेषज्ञ डा.नवीन पाैडेल
नाक, कान तथा घाँटी राेग विशेषज्ञ डा. शैलेन्द्र बि.क.
जनरल फिजिसियन डा.प्रदीप श्रेष्ठ
स्त्री तथा प्रशुति राेग विशेषज्ञ डा. सरिता गुरूङ
रेडियाेलाेजिष्ट डा. अजय पाेखरेल
दन्त चिकित्सक डा.देवराज श्रेष्ठ
नेत्र सहायक दिवाकर पाैडेल लगायत ल्याव टेक्नाेलाेजिष्ट दिलिप यादव द्वारा ल्याव परिक्षण गरिएको थियाे । उक्त शिविरमा ८४६ जना विरामी काे स्वास्थ्य परिक्षण गरिएको थियाे जसमा सिगाना र तित्याङ का विरामिहरूले स्वास्थ्य जाँच गराएका थिए।
सफल हस्पिटल प्रा.लि. बागलुङका प्रबन्ध निर्देशक तथा संचालक दिपेन्द्र बहादुर घिमिरेले सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा पाऊन् भनी स्थापना कालदेखि नै शिविर, सचेतना जस्ता कार्यक्रमलाई जोड दिइएको उल्लेख गर्दै आगामि दिनमा सिगाना जस्ता धेरै ग्रामिण ठाउँमा गई शिविर मार्फत विशेषज्ञ सेवाकाे पहुँचबाट पछाडि रहेका जनताहरूलाई विशेषज्ञ सेवा प्रदान गर्न ईच्छुक रहेकाे धारणा राखेका थिए।






