स्वास्थ्य

होलीमा कपडा र छाला यसरी जोगाउनुस्

फागू पूर्णिमालाई होलीको रूपमा मनाउने गरिएको छ । घरपरिवार, छिमेकी, साथीभाइ मिलीजुली एकै ठाउँमा भेला भई एकले अर्कालाई अबिर लगाइदिएर यो चाड मनाउँछौं । तर, अहिले यस चाडलाई तन्नेरी पुस्ताले फरक ढंगले मनाउने गरेका छन् । उनीहरूले अबिर मात्र प्रयोग नगरेर विभिन्न थरीका झोलको रूपमा आउने रसायनयुक्त तयारी रङहरूका साथै ग्रिचजस्ता सामग्री पनि प्रयोगमा ल्याउन थालेका छन् । जुन, सामान्य धुलाइले जाँदैन । धेरै सावधानी अपनाएर छाला र कपाललाई यस्ता… पुरा पढौ

रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन २१ गते नर्भिक अस्पताल भर्ना भएकी पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज भएकी छन्। एक सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ रहेकी ९१ वर्षीया रत्न शाहलाई स्वास्थ्यमा सुधार आएको भन्दै नर्भिक अस्पतालले आज डिस्चार्ज गरेको हो। अस्पतालमा डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तव लगाएतको टिमले शाहको प्रत्यक्ष रेख देख गरेको थियो। पुरा पढौ

मेडिसिटीको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सेवा

नेपालमा उपलब्ध सबैे टेलिफोन प्रदायकको सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका लागि छुट्याइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा लिन सकिनेछ । नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका सेवाबाट सिधा ११३४ डायल गरी आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिनेछ । हेली सेवाका लागि पनि अस्पतालको यही हटलाईन डायल गर्न सकिनेछ । दुर्घटना वा भवितब्यका बेला प्राथमिक उपचार… पुरा पढौ

मुस्ताङमा जिल्ला स्तरीय खाद्य सुरक्षा कार्यशाला

मुस्ताङमा दुई दिने जिल्ला स्तरीय खाद्य सुरक्षा कार्यशाला सुरु भएको छ ।स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा राजमार्गका रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानीकार्यलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो । सर्वसाधारण तथा जिल्ला भित्रिने आम पर्यटककोे स्वास्थ्य अवस्थालाई लक्षित गरेर कार्यक्रम आयोजना भएको स्वास्थ्य बिभागका उपसचिव शम्भु ज्ञवालीले जानकारी दिए ।उनले सर्वसाधारणको स्वास्थ्यको रक्षाका लागि स्थानीयतह बढी जवाफदेही रहनु पर्ने बताएका छन् । कार्यशालामा मुस्ताङका ५ वटै स्थानीयतहका जनप्रतिनिधि… पुरा पढौ

जिएमसीका विद्यार्थी फेवातालमा मृत फेला

गण्डकी मेडिकल कलेज(जिएमसी) पोखरामा अध्ययनरत २२ वर्षीय शिशिर केसी शनिबार बिहान फेवातालमा मृत भेटिएका छन् । म्याग्दीको बेनी ८ घर भएका केसी जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत थिए । शिशिरले साथीलाई म्यासेजमार्फत जानकारी दिएर तालमा हाम फालेको प्रहरीको भनाइ छ । उनको मोटरसाइकल र। हेलमेट पनि ताल नजिकै भेटिएको छ । केसीले डिप्रेसनको औषधी खाइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी घुससहित पक्राउ

टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ल्याब टेक्निसियन सरोज रोका घुस रकमसहित पक्राउ परेका छन्। अख्तियारको टोलीले शुक्रबार उनलाई सेवाग्राहीसंग घुस लिँदा लिदै पक्राउ गरेको हो। उनलाई कार्यलय परिसरबाटै २२ हजार घुस लिँदा लिदै पक्राउ गरेको अख्तियारले जनाएको छ। मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई सेवाग्राहीसँग २२ हजार घुसबापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा… पुरा पढौ

जिएमसी र खुमालाई कारवाही गर्न माग

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट भ्रातृसङ्गठन अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०ले तोकिएको भन्दा बढी शुल्क लिने पोखरास्थित गण्डकी मेडिकल कलेज(जिएमसी)का सञ्चालक खुमा अर्याललाई पक्राउ गर्न माग गरेका छन् । शुक्रबार अनेरास्ववियुका अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले विज्ञप्ति जारी गर्दै बढी शुल्क असुल गरी फरार रहेका आर्याललाई तत्काल पक्राउ माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको उक्त कलेजले एमबिबिएस अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि कलेजका विद्यार्थीले… पुरा पढौ

आकस्मिक स्वास्थ्य सेवा चाहियो, ११३४ डायल गर्नुस

दुर्घटना वा अन्य कारणले गम्भीर बिरामी भएकालाई अस्पताल लैजान नेपालमा निकै सकस हुन्छ । ग्रामीण क्षेत्रको कुरै छाडौं, सहरमै एम्बुलेन्स पुग्न लामो समय लाग्छ । परिणामस्वरुप धेरै बिरामीको समयमै उपचार नपाएर ज्यान जाने गरेको छ । स्वस्थ र समृद्ध देशका लागि नेपाल मेडिसिटी भन्ने उद्घोषका साथ ललितपुरको भैसेपाटी सैन्बुमा रहेको नेपाली मेडिसिटी आकस्मिक स्वास्थ्य सेवाका लागि अग्रसर भएको छ । मेडिसिटीले यसका लागि २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर… पुरा पढौ

जिएमसीले बदमासी गरेको मेडिकल काउन्सिलको ठहर

गण्डकी मेडिकल कलेज(जिएमसी)ले शुल्कका विषयमा बदमासी गरेको नेपाल मेडिकल काउन्सिलले ठहर गरेको छ । कलेजको शुल्कका विषयलाई लिएर विद्यार्थीले आन्दोलन गरेपछि काउन्सिलको टोलीले स्थलगत अध्ययन गरेको थियो। टोलीले अध्ययनका क्रममा कलेजले विद्यार्थीसँग काउन्सिलको रजिष्ट्रेसनका लागि लिनुपर्ने ३ हजार रुपैयाँ पनि ५० हजारसम्म लिने गरेको फेला पारेको छ। कलेजले लिन मिल्न शिर्षकमा १६ गुणासम्म बढी रकम लिएको छ भने लिनै नपाइने शिर्षकमा समेत लाखौं उठाइरहेको काउन्सिलको टोलीले फेला पारेको छ। काउन्सिलले… पुरा पढौ

पोखरा महानगर स्थापना दिवसमा रक्तदान

पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । महानगरले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसमा महानगरले रक्तदान कार्यक्रम गरेको हो । कार्यालय प्रांगणमा आयोजित रक्तदानमा ६५ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पहिलो रक्तदाता प्रतिक्षा चालिसेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी हुन् । रक्तदान कार्यक्रममा महानगरका जनप्रतिनिधि, कर्मचारी लगायत सर्वसाधरणले रक्तदान गरेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ । रक्तदान कार्यक्रममा रक्त… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं