जिएमसीका विद्यार्थी फेवातालमा मृत फेला

गण्डकी मेडिकल कलेज(जिएमसी) पोखरामा अध्ययनरत २२ वर्षीय शिशिर केसी शनिबार बिहान फेवातालमा मृत भेटिएका छन् ।

म्याग्दीको बेनी ८ घर भएका केसी जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत थिए । शिशिरले साथीलाई म्यासेजमार्फत जानकारी दिएर तालमा हाम फालेको प्रहरीको भनाइ छ । उनको मोटरसाइकल र। हेलमेट पनि ताल नजिकै भेटिएको छ । केसीले डिप्रेसनको औषधी खाइरहेको प्रहरीले जनाएको छ ।