मेडिकल कलेजहरुले लिएको बढी पैसा फिर्ता गर्नुपर्ने

- जिएमसीको ठगी मुद्दा भने विद्यार्थीले फिर्ता नलिने

विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच बिहीबार सहमति भएको छ ।

बढी शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको हो । कलेजका प्रतिनिधिको सहभागिता नरहेकाले सहमति कार्यान्वयन हुनेमा अझै आशंका छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी० र नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता भएको थियो ।

मेडिकल कलेजहरुलाई कारवाही माग गर्दै सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी० ले मङ्गलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए । अब तालाबन्दी खोल्ने र बढी लिएको शुल्क १ महिनाभित्र फिर्ता गर्ने सहमति भएको छ ।

गण्डकी र किष्ट मेडिकल कलेजले आफूखुशी शुल्क असूल भएको गरेका थिए । गण्डकी मेडिकल कलेजका विद्यार्थीले कलेज सञ्चालक विरुद्ध दायर गरेको ठगी मुद्दा भने फिर्ता नलिने जनाएका छन् ।