स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन २१ गते नर्भिक अस्पताल भर्ना भएकी पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज भएकी छन्।
एक सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ रहेकी ९१ वर्षीया रत्न शाहलाई स्वास्थ्यमा सुधार आएको भन्दै नर्भिक अस्पतालले आज डिस्चार्ज गरेको हो।
अस्पतालमा डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तव लगाएतको टिमले शाहको प्रत्यक्ष रेख देख गरेको थियो।




