‘‘धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा संञ्चालित होटलहरुलाई चुस्त दुरुस्त राख्न अब स्थानीयतहको दायित्व हो ।अब मुस्ताङ जिल्लाको व्यापारिक गुणस्तर सन्देश प्रवाह गर्न गाउँपालिकालेनै बजेट बिनियोजन गरेर कार्यक्रम संञ्चालन गर्नुपर्दछ ।’’
स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको राजमार्गमा संञ्चालित रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानी दुईदिने कार्यशालाको सोमबार समापनमा बोल्दै जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले उक्त धारणा राखेकी हुन् ।
जिसस प्रमुख गुरुङले मुस्ताङ जिल्लामा भित्रिने पर्यटक तथा आम सर्वसाधरणको स्वास्थ्य अवस्थामा स्थानीयतह बढी जिम्मेवार रहनु पर्ने सुझाईन।उनले मुस्ताङमा अन्य स्थानको जस्तो अखाद्य पदार्थ,प्रदुषण र हेलचक्र्याई नहुने भएपनि खाद्य पदार्थको गुणस्तर तथा सरसफाईलाई केन्द्रमा राखेर जनचेतना मुलक गतिबिधि संञ्चालन हुनुपर्ने उल्लेख गरिन् ।
थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्वास्थ्य बिभागबाट आयोजित कार्यक्रम फलदायी भएको बताईन् ।उनले कार्यशालाबाट प्राप्त ज्ञानशीपलाई गाउँपालिकाको आगामी कार्ययोजनामा समेट्ने जनाईन् ।
स्वास्थ्य बिभागका उपसचिव शम्भु ज्ञवालीले खाद्य सुरक्षा तथा राजमार्ग हुने खानाको गुणस्तर संम्वन्धि कार्यशाला दुरदराजका स्थानमा प्रारम्भ भएको बताए । मुस्ताङमा स्थानीयतहलाई लक्षित गरी कार्यक्रम आयोजना भएको बताउदै उनले मुस्ताङ र डोल्पा जिल्लामा यसप्रकारको कार्यक्रम हुने जानकारी दिए ।उनले स्वस्थ्य रहन सके देश समृद्ध गराउने दक्ष जनशक्ति उत्पादन हुने उल्लेख गर्दै कार्यशालामा प्राप्त ज्ञानशीप स्थानीयतहमा लागु गर्न आग्रह गरे ।
जिसस प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन जिल्ला जनस्वास्थ्य निरीक्षक रामचन्द्र ओझाले गरेका थिए ।
यसअघि हिमालपारीको पयटकीय शहर मुस्ताङको जोमसोम बजारमा संञ्चालित होटलहरुको सोमबार अभ्यास अनुगमन गराईएको थियो । जिल्लाका ५ वटै स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारी,शिक्षक,बिद्यार्थी,नागरिक समाज,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र पत्रकार लगायतको सहभागिता रहेको छ ।
कार्यशालाको दोश्रो दिन सहभागिहरुलाई फिल्ट अभ्यास बजार अनुगमन गराईएको हो । स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको राजमार्ग होटल तथा लजमा आवश्यक पूर्वाधार तथा गुणस्तर मापदण्ड अनुसार संञ्चालन भएनभएको प्रश्नावली सहित अनुगमनमा फाराममा व्यवसायीलाई प्रश्नवली सोधिएको थियो ।
५ वटै स्थानीयतहको अलग अलग टोली र अन्य समूह समावेश रहेको २ टोली समेत गरी कुल ७ समूहमा बिभाजन गर्दै अनुगमन गराईएको स्वास्थ्य बिभागका उपसचिव शम्भु ज्ञवालीले जानकारी दिए ।जोमसोमको पुथाङ एयरपोर्ट देखि जनहित मावि जोमसोम सम्मका १४ वटा होटलमा पुगेर गुणस्तर मापदण्डबारे स्थलगत अनुगमन गराईएको उनले बताए ।




