नेपालमा उपलब्ध सबैे टेलिफोन प्रदायकको सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका लागि छुट्याइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा लिन सकिनेछ ।
नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका सेवाबाट सिधा ११३४ डायल गरी आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिनेछ । हेली सेवाका लागि पनि अस्पतालको यही हटलाईन डायल गर्न सकिनेछ ।
दुर्घटना वा भवितब्यका बेला प्राथमिक उपचार नपाएकै कारण धेरैले ज्यान गुमाउनु परेको तथ्यलाई मध्यनजर गर्दै नेपाल मेडिसिटीले २४ सैं घन्टा हटलाइन नम्बर ११३४ सुरु गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । मेडिसिटी नेपालीलाई सबै स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउने लक्ष्यका साथ स्थापित भएको हो ।




