मुस्ताङमा जिल्ला स्तरीय खाद्य सुरक्षा कार्यशाला

मुस्ताङमा दुई दिने जिल्ला स्तरीय खाद्य सुरक्षा कार्यशाला सुरु भएको छ ।स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा राजमार्गका रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानीकार्यलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो ।


सर्वसाधारण तथा जिल्ला भित्रिने आम पर्यटककोे स्वास्थ्य अवस्थालाई लक्षित गरेर कार्यक्रम आयोजना भएको स्वास्थ्य बिभागका उपसचिव शम्भु ज्ञवालीले जानकारी दिए ।उनले सर्वसाधारणको स्वास्थ्यको रक्षाका लागि स्थानीयतह बढी जवाफदेही रहनु पर्ने बताएका छन् ।

कार्यशालामा मुस्ताङका ५ वटै स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारी,स्वास्थ्यकर्मी,नागरिक समाज,शिक्षक,सुरक्षाकर्मी,रेडक्रस र पत्रकार उपस्थिती थिए ।


कार्यशालाको शहजीकरण गर्दै बिभागका उपसचिव ज्ञवालीले स्वास्थ्य जस्तो संम्वेदनशील बिषयमा उपभोक्तानै सचेत रहनु पर्ने सुझाए ।खाद्य सुरक्षालाई प्रभावकारी बनाउन खानाका परिकारमा हुने बिभिन्न सक्रमण र त्यसका उपायका बारेमा उपसचिव ज्ञवालीले जानकारी गराए ।उनका अनुसार खाद्यमा समाधानी नअपनाउदा मानव स्वास्थ्यलाई बिभिन्न हानी नोक्सानी पु¥याउने उनको भनाई थियो ।

बिषेशगरी खानामा किटाणु,प्रयोग गरिएका केमिकल र ब्याक्टेरिया जस्ता भाईरसले मानव स्वाथ्यलाई प्रतिकुल बनाउने उल्लेख गर्दै खाद्य पदार्थको भण्डारण घाम लाग्ने खुल्ला स्थानमा हुनपुर्ने उनको भनाई थियो ।


कार्यशालामा खाद्य सुरक्षाका लागि उपभोक्ताले सम्भाव्य जोखिमको पहिचान गर्नुपर्ने सुझाए ।बजार अनुगमन तथा खाद्य सुरक्षाको प्रत्याभुती दिलाउन नेपाल सरकार खाद्य सुरक्षा तथा गुणस्तर कार्यालयले गर्ने जानकारी दिए ।


कार्यशालाका सहभागीहरुले खाद्य सुरक्षा संम्वन्धि बिभिन्न जिज्ञासा राखेका छन् ।कार्यशाखा समापन सोमबार सकिने घरपझोङ गाउँपालिका स्वास्थ्यकर्मी कर्ण थकालीले जानकारी दिए ।