मेडिकल कलेजको शुल्क छानबिन गर्न संसदीय उपसमिति

मेडिकल कलेजहरुले लिइरहेको बढी शुल्कका विषयमा छानबिन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ। सांसद सुरेश राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो। 

समितिमा सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, एकबाल मियाँ, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी र सन्तकुमार थारु सदस्य रहेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। 

उनका अनुसार समितिको पहिलो बैठक बसेको मितिले एक महिनाभित्र उपसमितिले प्रतिवेदन बुझाउनु पर्नेछ।