खाना खाने बित्तिकै के के गर्नु स्वास्थ्यको लागि राम्रो मानिदैन ?

हरेक मान्छेको जीवन जिउने तरिका फरक फरक हुन्छ। जसले गर्दा उनीहरूको दैनिकी पनि फरक फरक हुने गर्छ। कोही बेलुकी अबेर सम्म बस्ने र बिहान ढिलो उठ्ने, कोही बिहान बेलुकी नै खाना खाए पछि सुत्ने बानी हुन्छ। तर धेरैले थाहा पाएर वा नपाएर तिनले फाइदा पनि पुर्‍याइरहेका हुन्छन्।

केही बानीले मानिसलाई हानी पनि गरिरहेका हुन्छन्। धेरैको बिहान खाना खाइसकेपछि घर बाहिर निस्कने बानी हुन्छ भने धेरैको बेलुकी खाना खाइसकेपछि सुतिहाल्ने बानी हुन्छ। तर मानिसले खाना खाना खाइसकेपछि गर्ने त्यस्ता केही क्रियाकलापहरू स्वास्थ्यको हिसावले धेरै खराव मानिन्छ।

खाना खाने बित्तिकै के गर्नु हुँदैन

पानी पिउनु हुँदैन 

 स्वस्थ जीवनशैलीको लागि पानी आवश्यक एक तरल पदार्थ हो। जसले गर्दा दैनिक कम्तिमा पनि दुई लिटर पानी खान अनिवार्य मानिन्छ। तर केही त्यस्तो समय छ। जुन समय पानी खानु स्वास्थ्यको हिसाबले राम्रो मानिदैन।

खाना खाने बित्तिकै पानी खानु राम्रो हुँदैन। खाना खाने बित्तिकै पानी खानाले पाचन प्रणालीमा असर पुर्‍याउँछ। यस्तै खाना सँगै पानी खानु पनि राम्रो मानिदैन।

फलफूल खानु हुँदैन

हाम्रो शरीरलाई स्वस्थ्य राख्दै दैनिक रुपमा सिजनअनुसारको फलफूल खानु राम्रो हुन्छ। फलफूलमा हुने विभिन्न खालमा भिटामिनले शरीरमा आवश्यक पौष्टिक तत्वहरू पूरा गरिदिन्छ। तर खाना खाने बित्तिकै भने फलफूल खानु राम्रो मानिदैन। अझ अमिला फलफूल सकेसम्म खाना खाएपछि आधा घन्टासम्म खानु राम्रो हुँदैन।

खाना खाने बित्तिकै सुत्नु हुँदैन

धेरैको बानी खाना खानेबित्तिकै एक्छिन सुत्ने हुन्छ। तर खाना खाने बित्तिकै सुत्नु भनेको स्वास्थ्यको लागि निकै हानीकारक हुन्छ। मधुमेह, उच्च रक्तचापका समस्या भएकाहरूले झन् खाना खाने बित्तिकै सुत्नु हुँदैन। सकेसम्म खाना खाएपछि सुत्नु भन्दा थोरै हिड्नु राम्रो हुन्छ।

नुहाउनु हुँदैन खाना

खानेबित्तिकै नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ।बरु खाना खानु अघि  नुहाउनु चाही स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ।

चुरोट तथा मदिरा खानु हुँदैन  

चुरोट पिउनु पनि तपाइँ मात्र होइन नजिक बस्नेको स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ। तर धेरै चुरोट खाने बानी भएका मानिसले खाना खानेबित्तिकै चुरोट खाने गर्छन्। खाना खाने बित्तिकै चुरोट खानेको लागि क्यान्सरको जोखिम झन् बढ्छ। त्यसै पनि मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक छ। झन् खाना खानेबित्तिकै मदिरा पिउँदा मुटुसम्बन्धी समस्याले बढ्छ। लामो समय सम्म खाना खाने बित्तिक्कै मदिरा सेवन गर्नेमा हृदयघात हुने जोखिम धेरै हुन्छ।