सहीखोलामा फेवासिटीको शिविर

फेवासिटी हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा ५ सहीखोलामा निशुल्क शिविर भएको छ । सहिखोलाको शिवालय माविमा भएको शिवरमा ४ सय २३ बिरामी सित्तैमा जाँच गरिएको छ ।

अस्पतालका निर्देशक दिनेशबाबु खडुकाको नेतृत्वमा भएको शिविरको संयोजन हिमलाल गौतमले गरेका थिए । शिविरमा कन्सल्टेट फिजिसियन डा सुदर्शन पौडेलको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।