स्वास्थ्य

पोखरामा फैलियो डेंगु

केही वर्षअघिसम्म भारतमा डेंगुको महामारी थियो । यो अहिले नेपालका लागि पनि समस्या बनेको छ । पोखरामा डेंगुको प्रकोप फैलिएको छ । अहिलेसम्म १ सय १ जनामा यो रोग पहिचान भइसकेको छ भने पहिचान नभएका सयौं हुन सक्ने बताइन्छ । निर्माण सामग्री तथा अन्य वस्तु तराइ हुँदै पहाडी बस्तीमा ल्याइन्छ । तराइ र पहाडमा कामका लागि मान्छेको ओहोरदोहोर हुँदा ड़ेंगु, मलेरिया, कालाजार जस्ता रोग अब तराइमा मात्र सिमित छैनन् ।… पुरा पढौ

पाल्पामा पनि डेंगुको बिरामी फेला

पाल्पामा डेंगुका बिरामी फेला परेका छन् । साउन महिनामा मात्रै दुई बिरामी फेला परेका हुन् ।गत वर्ष भदौमा जिल्लामा डेंगुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । डेङ्गुको संक्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ । यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरी खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी… पुरा पढौ

नेपाल औषधी व्यवसायी संघमा विक्रम

नेपाल औषधी व्यवसायी संघ कास्कीमा विक्रम पन्त अध्यक्षमा चुनिएका छन् । पन्त प्रतिस्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट जिल्लाको पहिलो अध्यक्ष बनेका हुन् । पन्तले १ सय ४५ मत प्राप्त गरेका थिए भने देवकोटाले १ सय ३२ मत पाएका थिए । संघको उपाध्यक्ष धीरज गौतम, महासचिव पूर्णबहादुर बस्नेत, कोषाध्यक्ष मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्ष विक्रमराज पहारी निर्वाचित भएका छन् । संघको सदस्यमा सुमन तिवारी, आशा आले… पुरा पढौ

आलुको बोक्रा ताछेर फ्याँक्नु हुँदैन, यस्ता फाइदा छन्

आलु यस्तो तरकारी हो जुन लगभग सबैजसो तरकारीमा मिसाउने गरिन्छ । धेरैले आलु ताछेर पकाउँछन् तर धेरैलाई थाहा छैन कि फ्याँकिने आलुको बोक्रा विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । स्वास्थ्यमात्र होइन सौन्दर्यका लागि पनि काम लाग्छ आलुको बोक्राः आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ ।… पुरा पढौ

मेडिसिटीमा बिना शल्यक्रिया प्रोस्टेटको उपचार

शारिरीक समस्याका कारण शल्यक्रिया चुनौतीपूर्ण भएका मुत्ररोगीहरुको उपचार अब शल्यक्रिया बिना नेपालमै पहिलो पटक नेपाल मेडिसिटीमा शुरु भएको छ ।   ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजीष्टहरुले नेपालमै पहिलो पटक प्रोष्टेट आर्टरी इम्बोलाइजेसन सम्भव गरेको छ ।  नेपाल बाहिरका थुप्रै अस्पतालमा शल्यक्रियाको विकल्पका रुपमा प्रचलित यस पद्धतिबाट ७५ वर्षीय पुरुष नेपालमै पहिलोपटक लाभान्वित भएका छन् । प्रोष्टेट ग्रन्थीलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी प्रोष्टेटलाई निष्किृय पार्ने यो पद्धतीलाई प्रोष्टेटिक… पुरा पढौ

एकै वडामा ६० लाई डेङ्गु

हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ मा सहभागी भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई चिकित्सकले दिए यस्तो सुझाव

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार अपरान्ह सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत स्वदेश फर्किएका हुन् ।  प्रधानमन्त्रीलाई विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु स्वागत गर्न विमानस्थल पुगेका थिए । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक दिन… पुरा पढौ

पुल्चोक टोललाई लायन्स शान्ति स्तूपाको स्ट्रेचर

लायन्स क्लब अफ पोखरा शान्ति स्पूपाले शनिबार पोखरा १७ पुल्चोकको पुल्चोक टोल विकास संस्थालाई स्ट्रेचर हस्तान्तरण गरेको छ । फिर्के खोला किनारमा रहेको पुल्चोक टोलमा करिब ४ सय घर छन् । टोलमा सडकको व्यवस्था नहुँदा कोही बिरामी परे बोकेरै लैजानुपर्ने अवस्थालाई सघाउन स्ट्रेचर प्रदान गरिएको कार्यक्रम संयोजक सुवास ढुंगानाले बताए । क्लबका अध्यक्ष उत्तम सिग्देल, छोरेपाटन टोल सुधार समिति अध्यक्ष चूडामणि बराल, कमिटी चेयर पर्सन धर्मराज अर्याल, निवर्तमान अध्यक्ष चेतबहादुर… पुरा पढौ

सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा डाक्टर पक्राउ

इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा. सुनिलदेव रहेका छन्। प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा. तिलकचन्द्र साहलाई सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरिएको हो। फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए। उनले भने,… पुरा पढौ

हेडसरको कुटाइबाट विद्यार्थीको दाँत झ¥यो

प्रधानाध्यापकको पिटाइबाट छात्र घाइते भएका छन्। बाग्लुङ नगरपालिका–१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटपिटले कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेलको दाँत झरेको हो । कुशलको अगाडिको माथिल्लोपट्टिको दाँत झारेको कुशलका बाबु प्रेमप्रसादले बताए । कुशलले नजानेको निहुँमा कुटपिट गरेका हुन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं