ताजा समाचार

भाद्र ३ गते २०७६

पत्थरी के हो ? यसरी गरौं उपचार

किड्नी स्टोन अर्थात् मिर्गौला पत्थरी आमरूपमा देखापर्ने समस्या हो । मिर्गौलाको पत्थरीलाई (नेफ्रोलिथियसिस) या किड्नीको पथरीको रूपमा पनि लिइन्छ । पत्थरी सानादेखि ठूलोसम्मको हुन्छ र एकदेखि अनेक पनि हुन सक्छन् ।

पत्थरी प्रायः किड्नी, मूत्रमार्ग र मूत्रबाहिनी नलीमा देखिन्छ । बिरामीको पिसाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिसाबसँग घोलिएपछि जमेर स्टोनको रूपमा परिणत हुन्छ । क्याल्सियम, फसफोरस, युरिक एसिड, सिस्टिन र कयौ तत्वहरूले स्टोन बनाउँछ ।

मुत्र पत्थरी १ दिनमा बन्ने होइन, पत्थरी बन्नलाई पनि वर्षौं लाग्दछ । पथरीले पिसाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । हुन त मिर्गौलाको पत्थरी ससाना आकारका हुन्छन् । पिसाबबाट आफैं निस्किरहन्छ । कुनै प्रकारको तकलिफ उत्पन्न नगरी बाहिर निस्किन्छ र हामीलाई थाहा पनि हुँदैन ।

संयुक्त राज्य अमेरिकामा लगभग १ लाख मानिसहरू प्रत्येक वर्ष किड्नी स्टोनको उपचार गराइरहेका छन् भन्ने कुरा त्यहाँको मधुमेह राष्ट्रिय संस्थानको एक वार्षिक रिपोर्टमा प्रकाशित गरिएको छ । किड्नी स्टोनको प्रकारमा क्याल्सियममा आधारित किड्नी स्टोन सबभन्दा बढी देखिन्छ जो प्रायः २०/३० वर्ष उमेरका युवाहरूमा देखिन्छ । महिलाहरूमा रेयर नै पाइन्छ ।

१. Cysteine : यो पत्थरी आनुवंशीय विकारको रूपमा देखिन्छ, जुन यदाकदा पाइन्छ । महिला तथा पुरुष दुवैमा पाइन्छ ।

२. Struvite : यो पत्थरी अधिकतर–युटिआई मूत्रमार्गको इन्फेक्सनको साथै माहिलाहरूमा पाइन्छ । यो पत्थरी ठूलो आकारमा हुन्छ । यसले मूत्रमार्गमा रोकावट पैदा गर्न सक्छ ।

३. युरिक ऐसिडमा आधारित पत्थरी माहिलाहरूको तुलनामा पुरुष वर्गमा बढी देखिन्छ । गठिया बात भएका बिरामी या केमोथेरापीको माध्यमले बाँचिरहेका व्यक्तिहरूमा किड्नी स्टोन हुन्छ । औषधिको प्रयोग–केही ऐलोपेथिक औषधिको नियमित प्रयोगले पनि पत्थरी हुनसक्छ । जस्तै : Triamtevene, acyclovir आदि ।

कारण मिर्गौलामा पत्थरी हुने कारणामा केही खाद्यपदार्थ अति संवेदनशील हुन्छन् जसको नियमित सेवनले पत्थरीको गठन गर्नमा बढावा दिने काम गर्दछन् । जस्तो–पालुगों, गोलभेंडा, चिया कफी र चक्लेट आदि ।

यस्तै जुन व्यक्तिहरूले शरीरलाई चाहिनेभन्दा काम पानीको सेवन गर्दछन् र पर्याप्त मात्रामा तरल पदार्थ आफ्नो आहारमा समावेश गर्दैनन्, उनीहरूलाई पानी किड्नीमा पत्थरी हुने बढी सम्भावना रहन्छ । जोखिम कारक तत्वहरू परिवारमा कसैलाई मिर्गौलाको पत्थरी छ भने त्यस परिवारको व्यक्तिलाई किड्नीमा पत्थरी हुने बढी सम्भावना रहन्छ ।

निर्जलीकरण : प्रत्येक दिन प्रयोग गरिने पानीको अभावमा पत्थरी हुने खतरा रहन्छ । गर्मी मौसममा बस्ने तथा अत्यधिक पसिना आउने व्यक्तिहरूमा डिहाडेसनले गर्दा अरूको तुलनामा पत्थरी बन्ने बढी सम्भावना रहन्छ ।

यसप्रकार हरियो सागपात, नट्स, चिया कफी, चक्लेटको रूपमा आक्जलेटयुक्त खाद्यपदार्थको सेवनले पनि किड्नीमा स्टोन बन्नमा मलजल हाल्ने काम गर्दछ । अतस् उपरोक्त खाद्यपदार्थ किड्नीमा पत्थरी भएका बिरामीले सेवन नगर्नु नै बेस हुन्छ । सामान्य व्यक्तिले पनि उपरोक्त खाद्यपदार्थ उचित रूपमा सेवन गर्नुपर्दछ ।

यस्ता हुन्छन् लक्षणहरू
किड्नीमा या युरेटरमा पत्थरी रहेता पनि सुरुमा कुनै प्रकारको लक्षण देखिँदैन । कुनै कारणवस पत्थरी किड्नीबाट बाहिर निस्किने क्रममा मुत्रमार्गमा अड्किन गई अवरोध भएमा बिरामीमा निम्नलिखित लक्षणहरू देखापर्दछ ।
१. पिसाब रोकिनु ।
२. बारम्बार पिसाब फेर्न इच्छा हुनु ।
३. दुःखाई कोखा तिरबाट सुरु भई तलतिर जानु ।
४. पिठ्युँतिर पनि दुःखाई सर्नु ।
५. पिसाबमा रगत आउनु ।
६. पिसाब पोल्नु संक्रमण हुनु तथा दुःखाईको क्रममा वाकवाकी तथा बान्ता समेत हुनु ।
७. पिसाब धमिलो तथा दुर्गन्धयुक्त हुनु ।
८. सामान्य भन्दा बढी पटक पिसाब हुनु बालबालिकाहरूको हकमा भने पिसाब गर्ने बेलामा आफ्नो लिङ्ग समातेर लडिबडी गर्नु, रुनु, कराउनु ऊफ्रिनु आदि जस्ता लक्षणहरू देखिन्छ ।

यसरी हुन्छ रोगको निदान
पथरीको सम्बन्धमा त्यसैबेला थाहा हुन्छ । जब कुनै अन्य रोगको उपचारको क्रममा निदान हेतु गराउने पैथोलोजिकाल टेस्टमा किड्नीमा पत्थरी भएको पाइन्छ या पिसाबमा संक्रमण भई पिसाब रोकिएमा मात्र थाहा हुन्छ ।

किड्नीमा पत्थरी हेतु निदान गरिने ल्याबटेस्टमा ब्लडटेस्टमा क्याल्सियम फसफोरस युरिक एसिडको जाँच गरिन्छ भने पिसाबको विश्लेषण पनि गरिन्छ । जसमा क्रिस्टल, बेक्टेरिया, रगत र सेतो रक्तकण हेरिन्छ ।

यसैगरी केयूबी, एक्स–रेको साथै अल्ट्रासोनोग्राफी (भिडियो एक्स–रे) पनि गराइन्छ । यी पैथोलोजिकल टेस्टबाट किड्नीको पत्थरी कहाँ छ र कुन अवस्थामा छ भन्ने कुराको जानकारी हुन्छ । यसैअनुसार चिकित्सकले किड्नी स्टोनको उपचारको योजना बनाउँछ वा आपरेसन गर्ने सल्लाह दिन्छ ।

यसरी गरौं उपचार
यदि पत्थरी ५ एमएमभन्दा सानो छ भने कुनै प्रकारको दर्द वा लक्षण न देखाईकन पिसाबको माध्यमबाट बाहिर निस्किन्छ । यसका लागि कुनै औषधिको आवश्यकता पर्दैन । दुःखाइ धैरे भयो र धेरै मात्रामा रगत आइरहेको छ भने त्यसबेला अपरेसनको आवश्यकता पर्दछ ।

१० मिमिभन्दा बढी आकारको पत्थरी कहिले पनि पिसाबबाट निस्कन नसक्ने हुँदा त्यसको एलोप्याथिक मतअनुसार अपरेसन गर्नेबाहेक अन्य विकल्प हुँदैन । एलोप्याथिकमा लिथोट्रिपसीको माध्यमले किड्नीमा रहेको पत्थरीलाई फुटाएर निकाल्न इलेक्ट्रोनिक ध्वनीको प्रयोग गरिन्छ । यसैगरी टनल सर्जरी प्रक्रियाअन्तर्गत बिरामीको पिठ्युतिर एउटा सानो प्वाल बनाई पत्थरी निकाल्ने कार्य गरिन्छ ।

सल्लाह, सुझाव
स्टोन नबनोस् भन्नका लागि दिनमा ३–४ लिटर पानी आनिवार्य रूपले पिउनुपर्छ । पानी कमी भयो भने केमिकल्स कन्सेन्टर्सन बढ्दछ भने पानी बढी भयो भने कन्सट्रेसन कम हुन्छ । पिसाब आउँदा रोक्नु हुन्न, पिसाब रोक्दा केमिकल्स कन्सेन्टेरसन बढ्दछ । किड्नीको कुनै बिरामी वा संक्रमण छ भने तुरुन्त उपचार गराउनुपर्दछ । किड्नीका सबै रोगहरू स्थायी हुँदैनन् ।

यसरी गर्न सकिन्छ होमियोप्याथिक उपचार
होमियोप्याथिक किड्नीको पत्थरीको उपचारका लागि सबैभन्दा राम्रो विकल्पमध्ये १ हो । होमियोप्याथिक औषधिहरूको सेवनले किड्नीमा रहेका पत्थरीहरू स्वाभाविक रूपमा गलेर पिसाबको बाटो भई बाहिर जान्छ र तपाईंलाई थाहा पनि हुँदैन । यदि तपाईंको किड्नीमा १ वा १ भन्दा बढी पत्थरीहरू देखिएमा अपरेसन वा अन्य उपचार गराउनुभन्दा अगाडि कुनै योग्य होमियोप्थिक चिकित्सकसँग १ पटक परामर्श अवश्य लिनुहोस् । हुन सक्छ अपरेसन गराउन नपरोस् ।

रोगीको किड्नीको पत्थरीको उपचारमा मानसिक एवं शारीरिक लक्षणहरूको आधारमा सफलतापूर्वक प्रयोग हुन केही औषधिहरू निम्नलिखित छन् ।
१. लाइकोपोडियम
२. सारसापरिला
३. टेबेकम
४. केन्थरिस
५. नक्सवोमिका
६. बेलाडोना
७. हाईड्रेन्जिया
८. नाईट्रिक एसिड
९. बल्वेरिस भल्गेरिस
१०. बेन्जोईक एसिड
११. पेरिरा ब्राबरा आदि ।

घरमै पनि गर्न सकिन्छ उपचार
घरमा नै पाईने सामाग्री सही तरिकाले प्रयोग गर्ने हो भने यो समस्याको जोखिमबाट बच्छौँ । कागती कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।

अनारको जुस अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राजमा राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । १ चम्चा तुलसीको पातको रस र मह एकसाथ पिउनुपर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ ।

खाना बार्ने चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।

नोट : उल्लेखित होमियोप्याथिक औषधिहरू कुनै योग्य तथा अनुभवी चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नु उचित हुन्छ ।

साथै पोखरा–१०, ईन्द्रचोकस्थित पञ्चम आयुर्वेद क्लिनिकमा यहि भाद्र १३ र १४ गते काठमाडौंका डा. अनिल कोजु आउनुहुने भएकोले मृगौला, पिसाब नली, पित्तमा पत्थरी भएका विरामीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला ।


Loading...