नेपाली नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गरी युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ योजना सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले तीजको अवसरमा रगतमा हुने खराब बोसो(टिजी)को जाँच बिहीबारबाट सित्तैमा गर्ने छ । डेंगु, होलबडी चेक अपसहित सबै प्रकारका जाँचमा पनि विशेष छुट दिइने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।
यो योजना भदौ २० गतेसम्म लागु हुनेछ । पर्वको रौनकसँगै स्वास्थ्यबारे पनि सजगत बनाउन र कास्कीमा बढेको डंगुको प्रकोपमा सर्वसाधारणलाई सघाउन योजना ल्याइएको पन्तले बताए । कास्कीमा १ सयभन्दा बढीमा डेंगुको संक्रमण फेला परेको छ ।




